Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

अन्तिम पोष्टमा साथीलाई शुभकामना दिँदै अस्ताए निरज कुँवर

अन्तिम पोष्टमा साथीलाई  शुभकामना दिँदै  अस्ताए  निरज कुँवर

कोरोना महामारीपछि चैत ११ गतेदेखि नेपालमा लकडाउन भयो। शिक्षा क्षेत्रमा विराम लागेपछि धनगढीका सबै विद्यालय तथा क्याम्पस बन्द भए। भाडामा बस्दै आएका सबै विद्यार्थीहरु धामाधम घरतर्फ लागे। 

त्यही भिडमा थिए १९ वर्षीय निरज कुँवर। धनगढीमा रहेको ऐश्वर्या विद्या निकेतनमा कक्षा ११ मा व्यवस्थापन संकाय लिएर अध्ययन गरिरहेका उनी पनि गाडी चढेर अछाम गएका थिए। 

अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा रहेको घर पुगेका उनले केही महिना त्यहीँ बिताए। त्यहाँ उनका आमाबुवाको एउटा सानो होटल छ। 

लकडाउन सकिएपछि विद्यालय तथा कलेजहरु फेरि सुचारु हुन थालिसकेका छन्। रोकिएका परीक्षा समेत सुरु हुने जानकारी पाएपछि निरज फेरि धनगढी आउनुपर्ने भयो। धनगढीमा कोठा भाडा लिएर बस्दै आएका उनी सोमबार बिहानै धनगढीका लागि हिँडे। 

धनगढी हिड्नुपूर्व उनले आफ्नो साथीलाई फेसबुकमा पोष्ट राख्दै जन्मदिनको शुभकामना दिएका थिए। उनले फोटो समेत राखेर ‘ह्याप्पी बर्थडे ब्यूटिफुल लेडी’ लेखेका थिए।

तर उनी सोमबार साँझसम्म पनि धनगढी पुगेका छैनन्। र, उनी अब १८ गतेदेखि सुरु हुने परीक्षामा पनि सहभागी हुने छैनन्, कारण उनी बीचबाटोमै अस्ताइसकेका छन्। 

उनको बस दुर्घटनामा परी मृत्यु भइसकेको छ। अछामकै चौरपाटी गाउँपलिका वडा नम्बर ७ मार्कुमा उनी सवार ना४ख ९९७२ नम्बरको बस दुर्घटना भएको थियो। दुर्घटना स्थलबाट बयालपाटा अस्पताल लग्दै गर्दा उनको बाटोमा मृत्यु भएको हो।  

एकदमै मिलनसार तथा सहयोगी भावनाका निरजको देहान्त हुँदा पुरै विद्यालय शोकमा परेको छ। उनीसँगै अछामको श्री प्रभाधम्कोट उमाविमा सँगै पढेका महेन्द्र कुवँर भन्छन्, ‘आज विहान खाना खाने बेला उसको मृत्युको खबर सुन्दा ममाथि आकाश खस्यो। खाना छाडेर फेसबुक खोल्दा त सुनेको खबर साच्चिकै रहेछ।’ ‘एकदम कम बोल्ने, धेरै सरल स्वाभको थियो निरज। आज हामीले मिलनसार साथी गुमाएका छाैं’ उनले थपे। 

यस्तै निरजले जन्मदिनको शुभकामना दिएकी युवतीले उक्त पोष्टमै कमेन्ट गरेर दुःख व्यक्त गरेकी छिन्। उनले कमेन्टमा लेखेकी छिन्, ‘कुनै शब्द नै छैन डियर जसले तिम्रो वर्णन गरू। यो पोष्ट त तिम्रो लास्ट पोस्ट हुन्छ भनेर सोचेको नी थिएन। निशब्द छु, लेख्नलाई कुनै शब्द छैन्। हामी तिमीलाई सधै मिस गर्नेछौ। हार्दिक श्रद्धान्जली।’ ती युवतीले दिनेश खबरसँग कुरा गर्दै निरज एकदमै बुझ्ने खालका साथी भएको बताइन्। 

प्रहरीका अनुसार अहिले निरजको शव परीक्षण पछी आफन्तले बुझिसकेका छन्। निरजसँगै सोही  बसमा सवार अन्य १७ जना घाइते  भएका थिए। ती सबैको उपचार भइरहेको छ। दिनेश खबर 

प्रतिक्रिया