Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

अन्तिम पोष्टमा साथीलाई शुभकामना दिँदै अस्ताए निरज कुँवर

अन्तिम पोष्टमा साथीलाई  शुभकामना दिँदै  अस्ताए  निरज कुँवर

कोरोना महामारीपछि चैत ११ गतेदेखि नेपालमा लकडाउन भयो। शिक्षा क्षेत्रमा विराम लागेपछि धनगढीका सबै विद्यालय तथा क्याम्पस बन्द भए। भाडामा बस्दै आएका सबै विद्यार्थीहरु धामाधम घरतर्फ लागे। 

त्यही भिडमा थिए १९ वर्षीय निरज कुँवर। धनगढीमा रहेको ऐश्वर्या विद्या निकेतनमा कक्षा ११ मा व्यवस्थापन संकाय लिएर अध्ययन गरिरहेका उनी पनि गाडी चढेर अछाम गएका थिए। 

अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा रहेको घर पुगेका उनले केही महिना त्यहीँ बिताए। त्यहाँ उनका आमाबुवाको एउटा सानो होटल छ। 

लकडाउन सकिएपछि विद्यालय तथा कलेजहरु फेरि सुचारु हुन थालिसकेका छन्। रोकिएका परीक्षा समेत सुरु हुने जानकारी पाएपछि निरज फेरि धनगढी आउनुपर्ने भयो। धनगढीमा कोठा भाडा लिएर बस्दै आएका उनी सोमबार बिहानै धनगढीका लागि हिँडे। 

धनगढी हिड्नुपूर्व उनले आफ्नो साथीलाई फेसबुकमा पोष्ट राख्दै जन्मदिनको शुभकामना दिएका थिए। उनले फोटो समेत राखेर ‘ह्याप्पी बर्थडे ब्यूटिफुल लेडी’ लेखेका थिए।

तर उनी सोमबार साँझसम्म पनि धनगढी पुगेका छैनन्। र, उनी अब १८ गतेदेखि सुरु हुने परीक्षामा पनि सहभागी हुने छैनन्, कारण उनी बीचबाटोमै अस्ताइसकेका छन्। 

उनको बस दुर्घटनामा परी मृत्यु भइसकेको छ। अछामकै चौरपाटी गाउँपलिका वडा नम्बर ७ मार्कुमा उनी सवार ना४ख ९९७२ नम्बरको बस दुर्घटना भएको थियो। दुर्घटना स्थलबाट बयालपाटा अस्पताल लग्दै गर्दा उनको बाटोमा मृत्यु भएको हो।  

एकदमै मिलनसार तथा सहयोगी भावनाका निरजको देहान्त हुँदा पुरै विद्यालय शोकमा परेको छ। उनीसँगै अछामको श्री प्रभाधम्कोट उमाविमा सँगै पढेका महेन्द्र कुवँर भन्छन्, ‘आज विहान खाना खाने बेला उसको मृत्युको खबर सुन्दा ममाथि आकाश खस्यो। खाना छाडेर फेसबुक खोल्दा त सुनेको खबर साच्चिकै रहेछ।’ ‘एकदम कम बोल्ने, धेरै सरल स्वाभको थियो निरज। आज हामीले मिलनसार साथी गुमाएका छाैं’ उनले थपे। 

यस्तै निरजले जन्मदिनको शुभकामना दिएकी युवतीले उक्त पोष्टमै कमेन्ट गरेर दुःख व्यक्त गरेकी छिन्। उनले कमेन्टमा लेखेकी छिन्, ‘कुनै शब्द नै छैन डियर जसले तिम्रो वर्णन गरू। यो पोष्ट त तिम्रो लास्ट पोस्ट हुन्छ भनेर सोचेको नी थिएन। निशब्द छु, लेख्नलाई कुनै शब्द छैन्। हामी तिमीलाई सधै मिस गर्नेछौ। हार्दिक श्रद्धान्जली।’ ती युवतीले दिनेश खबरसँग कुरा गर्दै निरज एकदमै बुझ्ने खालका साथी भएको बताइन्। 

प्रहरीका अनुसार अहिले निरजको शव परीक्षण पछी आफन्तले बुझिसकेका छन्। निरजसँगै सोही  बसमा सवार अन्य १७ जना घाइते  भएका थिए। ती सबैको उपचार भइरहेको छ। दिनेश खबर 

प्रतिक्रिया