Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

विश्व एड्स दिवसको अवसरमा अछाममा अन्तरक्रिया

विश्व एड्स दिवसको अवसरमा अछाममा अन्तरक्रिया

मंसिर १६, अछाम

विश्व एड्स दिवसको अवसरमा अछाममा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी भन्ने स्लोगनका साथ स्वास्थ कार्यालय अछामले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । अछामका सरोकारवाला र पत्रकारहरुको उपस्तिथिमा गरिएको कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना रहनु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप प्रमुख टोप बहादुर रावल रहनु भएको थियो । अछाम ६९३ जना एचआईभी संक्रमीत रहेको ती मध्य ६५६ जनाले मात्रै एआरटी सेवन गरिरहेका छन भने अन्य संक्रमीत सम्पर्क भन्दा बाहिर रहेका छन् । परामर्श तथा परिक्षण सेवाको कम पहुँच हुनु एआर्टी वितरण केन्द्र नहुनु , पोषण सहयोग कार्यक्रम निरन्तर नहुनुले एचआईभी संक्रमीत अप्ठ्यारोमा परेको सहभागीको गुनासो रहेको थियो ।

उपचार तथा यातायात खर्चको अभाव , लालछना र भेदभावका कारण समस्या भएको एचआईभीएड्स संक्रमीतको पक्षमा लामो समय देखि काम गर्दै आउनु भएका गङ्गा थापाले बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय , पत्रकार , संघसंस्थाका प्रतिनिधि लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रमको उदेश्य माथी सूचना अधिकारी देव जोशीले प्रकाश पार्नु भएको थियो भने संचालन जनस्वास्थ्य निरीक्षक झपटराज ढुंगानाले गर्नुभएको थियो ।

प्रतिक्रिया