Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

विश्व एड्स दिवसको अवसरमा अछाममा अन्तरक्रिया

विश्व एड्स दिवसको अवसरमा अछाममा अन्तरक्रिया

मंसिर १६, अछाम

विश्व एड्स दिवसको अवसरमा अछाममा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी भन्ने स्लोगनका साथ स्वास्थ कार्यालय अछामले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । अछामका सरोकारवाला र पत्रकारहरुको उपस्तिथिमा गरिएको कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना रहनु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप प्रमुख टोप बहादुर रावल रहनु भएको थियो । अछाम ६९३ जना एचआईभी संक्रमीत रहेको ती मध्य ६५६ जनाले मात्रै एआरटी सेवन गरिरहेका छन भने अन्य संक्रमीत सम्पर्क भन्दा बाहिर रहेका छन् । परामर्श तथा परिक्षण सेवाको कम पहुँच हुनु एआर्टी वितरण केन्द्र नहुनु , पोषण सहयोग कार्यक्रम निरन्तर नहुनुले एचआईभी संक्रमीत अप्ठ्यारोमा परेको सहभागीको गुनासो रहेको थियो ।

उपचार तथा यातायात खर्चको अभाव , लालछना र भेदभावका कारण समस्या भएको एचआईभीएड्स संक्रमीतको पक्षमा लामो समय देखि काम गर्दै आउनु भएका गङ्गा थापाले बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय , पत्रकार , संघसंस्थाका प्रतिनिधि लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रमको उदेश्य माथी सूचना अधिकारी देव जोशीले प्रकाश पार्नु भएको थियो भने संचालन जनस्वास्थ्य निरीक्षक झपटराज ढुंगानाले गर्नुभएको थियो ।

प्रतिक्रिया