Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

यसो गर, उसो गर भनेर तपाईंले निर्देशन दिने, मैले खुरुक्क मान्ने भन्ने हुन्छ ? - प्रचण्ड

यसो गर, उसो गर भनेर तपाईंले निर्देशन दिने, मैले खुरुक्क मान्ने भन्ने हुन्छ ?  -  प्रचण्ड

पार्टी एकीकरणलगत्तै अन्तरसंघर्ष सुरू भएको नेकपाका शीर्ष नेताका पछिल्ला संवाद फुटकेन्द्रित बन्दै गएका छन् । आफूलाई एकताको पक्षधर बताउने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नै कारण अहिलेसम्म पार्टी फुट्नबाट जोगिएको दाबी गर्ने अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आरोप–प्रत्यारोपको पारो दिनहुँ बढिरहेको छ । यो सिलसिलाले मंगलबार पनि निरन्तरता पायो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वयले एकअर्कामाथि दोषारोपण गर्दै यसअघि पेस गरेका प्रस्तावहरुलाई के गर्ने भन्नेमा विवाद हुँदा बाझाबाझको स्थिति बन्यो । ओलीले दाहालको प्रस्ताव फिर्ता हुनुपर्ने अडान राख्दै आउँदो महाधिवेशनसम्म कुनै पनि निर्णय बहुमत अल्पमतबाट नहुने दोहोर्‍याए । बहुमतबाट हुने निर्णय मान्न आफू तयार नरहेको भन्दै उनले बुधबारको बैठकमा उपस्थित नहुने जानकारीसमेत गराए । असन्तुष्ट नेताहरुले पार्टीको विधि, पद्धतिअनुरुप आएका प्रस्तावमा छिनोफानो गर्नुपर्ने भन्दै ओलीमाथि दबाब दिए । अधिकांश नेताले प्रस्तावका विषयलाई छलफलबाटै टुंग्याउनुपर्ने बताए भने ओली र उनी पक्षधरले बैठकबाट मात्र निकास नआउने भन्दै अनौपचारिक संवाद गर्नुपर्नेमा जोड दिए । महासचिव विष्णु पौडेलको जन्म दिन मनाएर आआफ्नो आसनमा बसेलगत्तै अध्यक्षद्वयबीच तिक्ततापूर्ण संवाद सुरू भएको थियो । त्यसपछि अरु नेता बोलेका थिए । बैठकमा नेताहरुबीचको संवाद र घोचपेचको शैली कस्तो थियो ? सहभागी केही नेताले करिब २ घण्टाको उक्त बैठकमा आएका अभिव्यक्तिको मुख्य सार यस्तो रहेको सुनाए ।


केपी शर्मा ओली : तपाईंको प्रस्तावमा छलफल हुन सक्दैन, फिर्ता लिनुस् । दोस्रो, तपाईंले पार्टीको पद्धति, तरिका र विधान सबै उल्लंघन गर्नुभएको छ, तपाईंको निजी प्रस्ताव केन्द्रीय कार्यालयबाट छाप्ने र लोगो प्रयोग गर्ने कुरा पार्टीको पद्धति र अनुशासनविपरीत छ । पार्टीको अनुशासन उल्लंघन गरेकामा तपाईंमाथि कारबाही किन नगर्ने ? मैले यसअघि पनि भनेको छु, आज पनि भन्छु, प्रस्तावका नाममा ल्याएको आरोपपत्र फिर्ता गर्नुस्, क्षमायाचना गर्नुस् अनि बल्ल बैठक बस्छ । तपार्इंको प्रस्ताव रिस, आवेग, कुण्ठा, द्वेष र लाञ्छनाले भरिएको छ, यो कुनै प्रस्ताव होइन । पार्टीलाई कता लैजाने, आफूहरू कता जाने भनेर तपाईंहरूको नियत स्पष्टै देखिन्छ । विभाजन, विखण्डन र सर्वनाशको बाटोमा तपाईंहरू जाँदै हुनुहुन्छ । मेरो कर्तव्य पार्टीलाई एकतातर्फ लैजाने र जोगाउने हो, त्यसका लागि नै मैले भूमिका खेल्छु । भोलिको बैठक तयारी गरेर पछि गरौं भन्ने मेरो प्रस्ताव हो । पहिले अनौपचारिक छलफल गरेर कम्तीमा महाधिवेशनसम्म सहमतिबाट जानुपर्छ । विधि र पद्धतिको आडमा बहुमतले गरेको निर्णय मानिन्न, बहुमतबाटै जाने हो भने केन्द्रीय कमिटीको बैठक २५ गतेसम्म किन कुर्नुपर्‍यो, आजै बसेर छिनोफानो गरे भइहाल्यो नि । तपाईंहरूले जबर्जस्ती नै बैठक राख्नुहुन्छ भने भोलिको बैठकमा आउनका लागि मेरो फुर्सद छैन । यस्ता बैठकको के काम ?

पुष्पकमल दाहाल : पार्टीको अन्तरसंघर्षलाई यो स्थितिमा पुर्‍याउन भूमिका खेल्नुभएको छ । अहिलेको विवादको फायर तपाईंले नै खोल्नुभएको हो । सचिवालय बैठक बोलाउन हामीले आग्रह गरेर लेखेको पत्र बुझाउन जाँदा कति अपमान गर्नुभयो ? सबै कुरा पद्धतिमै हुन्छ भन्दै तोक लगाउनुभयो । बैठक बोलाउनुको सट्टा उल्टै लाञ्छना लगाउनुभयो, हामीलाई अपमान गर्नुभयो । केपीजी, तपाईं असाध्यै व्यक्तिवादी र कुण्ठाग्रस्त मान्छे हो, तपाईंमा ‘आई एम द स्टेट’ भन्ने भाव छ । बालुवाटारमा बसेर पार्टी फुटको कदम धेरै पटक चाल्नुभएको छ । देशव्यापी गुट भेला, मदन भण्डारी फाउन्डेसनका कार्यक्रम, एमाले दल दर्ता र पार्टी विभाजनको अध्यादेश ल्याएर फुटतिर लैजाने काम तपाईंबाट भएको छ । अहिले पनि तपाईंले मलाई र अरू साथीहरूलाई उत्तेजित पार्न खोजिरहनुभएको छ । यिनीहरूले उत्तेजित भएर अभिव्यक्ति दिउन् भनेर लागिरहनुभएको छ, तर हामी उत्तेजित हुन्नौं । तपाईं कि म रहन्न, कि प्रचण्ड रहन्न भन्दै हिँड्नुहुन्छ, फेरि आफूलाई पार्टी एकताको पक्षमा रहेको देखाउनुहुन्छ, यो कसरी मिल्यो ? प्रस्तावमाथि छलफल गर्न दिन्न भन्ने तपाईं को हो ? यसो गर, उसो गर भनेर तपाईंले निर्देशन दिने, मैले खुरुक्क मान्ने भन्ने हुन्छ ? अनौपचारिक छलफल पनि गर्दै गरौंला, पूर्वनिर्धारित बैठक रोकिँदैनन् । थप छलफलका लागि भोलि (बुधबार) १ बजे बैठक राखौं ।   कान्तिपुरमा 

प्रतिक्रिया