Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

१७ रुपैयाँमै ६० मिनेटको ‘टक टाइम’ : एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक

१७ रुपैयाँमै ६० मिनेटको ‘टक टाइम’  : एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक

एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याक ल्याएको छ। यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन्। 

यी नयाँ भ्वाइस प्याक मंसिर १८ (बिहीबार) देखि ग्राहकका लागि उपलब्ध हुनेछ र  प्रिपेड ग्राहकले एक घण्टाको र तीन दिनको समय सिमा भएको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्नेछन्।

एक घण्टाको भ्वाइस प्याकअन्तर्गत प्रिपेड ग्राहकले कर सहित १७ रुपैयाँमा एक घण्टा समयसिमा रहेको ६० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्नेछन्। 

जसमा ग्राहकले २८ पैसा प्रति  मिनेटको दरमा आफ्ना भ्वाइस सेवा लिन सक्नेछन्। एनसेल नेटवर्क भित्र कल गर्न विद्यमान् शुल्क प्रति मिनेट करसहित २.५४ रहेको छ। 

ग्राहकले ६० मिनेटको प्याक सुचारु गर्ने वित्तिकै प्याकको समयसीमा सुरु हुनेछ।  प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ८ ह्यास डायल गरेरएक घण्टाको प्याक सुचारु गर्न सक्नेछन्।

त्यसैगरी ग्राहकले तीन दिनको समयसीमा रहेको २२५ मिनेट टक टाइमको प्याक कर सहितमात्र ४८ मा सुचारु गर्न सक्नेछन्। यस प्याकमा ग्राहकले तीन दिनसम्म हरेक दिन ७५ मिनेटको हिसाबले अन नेट टक टाइमको फाइदा लिन सक्नेछन्। यस प्याकअन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र करसहित २१ पैसा प्रति मिनेटमा भ्वाइस सेवा लिन सक्नेछन्। 

ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ६ एस्ट्रिक्स २ ह्यास डायल गरी तीन दिनको समय सीमा रहेको प्याक सुचारु गर्न सक्नेछन्। 

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरुप आफ्ना ग्राहकका लागि यी भ्वाइस प्याक ल्याइएको कम्पनीले जनाएको छ। यो अफरले अझै सुलभ दरमा भ्वाइस सेवामा पहुँच दिँदै ग्राहकलाई आफ्नो परिवार तथा साथीभाइसँग सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।  

प्रतिक्रिया