Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

१७ रुपैयाँमै ६० मिनेटको ‘टक टाइम’ : एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक

१७ रुपैयाँमै ६० मिनेटको ‘टक टाइम’  : एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक

एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याक ल्याएको छ। यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन्। 

यी नयाँ भ्वाइस प्याक मंसिर १८ (बिहीबार) देखि ग्राहकका लागि उपलब्ध हुनेछ र  प्रिपेड ग्राहकले एक घण्टाको र तीन दिनको समय सिमा भएको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्नेछन्।

एक घण्टाको भ्वाइस प्याकअन्तर्गत प्रिपेड ग्राहकले कर सहित १७ रुपैयाँमा एक घण्टा समयसिमा रहेको ६० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्नेछन्। 

जसमा ग्राहकले २८ पैसा प्रति  मिनेटको दरमा आफ्ना भ्वाइस सेवा लिन सक्नेछन्। एनसेल नेटवर्क भित्र कल गर्न विद्यमान् शुल्क प्रति मिनेट करसहित २.५४ रहेको छ। 

ग्राहकले ६० मिनेटको प्याक सुचारु गर्ने वित्तिकै प्याकको समयसीमा सुरु हुनेछ।  प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ८ ह्यास डायल गरेरएक घण्टाको प्याक सुचारु गर्न सक्नेछन्।

त्यसैगरी ग्राहकले तीन दिनको समयसीमा रहेको २२५ मिनेट टक टाइमको प्याक कर सहितमात्र ४८ मा सुचारु गर्न सक्नेछन्। यस प्याकमा ग्राहकले तीन दिनसम्म हरेक दिन ७५ मिनेटको हिसाबले अन नेट टक टाइमको फाइदा लिन सक्नेछन्। यस प्याकअन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र करसहित २१ पैसा प्रति मिनेटमा भ्वाइस सेवा लिन सक्नेछन्। 

ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ६ एस्ट्रिक्स २ ह्यास डायल गरी तीन दिनको समय सीमा रहेको प्याक सुचारु गर्न सक्नेछन्। 

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरुप आफ्ना ग्राहकका लागि यी भ्वाइस प्याक ल्याइएको कम्पनीले जनाएको छ। यो अफरले अझै सुलभ दरमा भ्वाइस सेवामा पहुँच दिँदै ग्राहकलाई आफ्नो परिवार तथा साथीभाइसँग सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।  

प्रतिक्रिया

ट्रेन्डिङ