Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

रिहा भए कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल

रिहा भए कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ। पौडेलसहित पक्राउ कांग्रेस कार्यकर्ता सबै रिहा भएको तनहुँ कांग्रेसले जनाएको छ। अहिले पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय पुगेका छन्। 

पौडेल रिहा भएपछि घटनाको विषयमा थप रणनीति तय गर्न नेताहरु कांग्रेस तनहुँ जिल्ला कार्यालयमा भेला भएका छन्। 

बुधबार दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको थियो।

नेता पौडेल पक्राउ परेको विषयको चौतर्फी विरोध भएपछि प्रहरीले भर्खरै नेता पौडेलसहित पक्राउ परेका कांग्रेसका नेता तथा कार्यकर्तालाई रिहा गरेको हो।

नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल बुधबार स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर उद्घाटनका लागि पौडेललाई बोलाएका थिए। 

तालघरे र दुम्सी जोड्ने पुलको उद्घाटन नेता पौडेलले गर्ने कार्यक्रम तय भएको थाहा पाएपछि जिल्ला प्रशासनले पुलको उद्घाटन रोक्न भनेको थियो। झडप र तनाव हुन नदिन निषेधाज्ञा जारी गर्दै जिल्ला प्रशासनले पुल उद्घाटनमा अवरोध गरेको कांग्रेसको आरोप छ। 

पुल उद्घाटन पौडेलबाट हुन नदिन नेकपा नेतृत्वले राज्यको शक्ति दुरुपयोग गरेको आरोपसमेत कांग्रेसले लगाएको छ। दमौलीमा नेकपाको युवा मोर्चाले प्रदर्शन थालेको तथा निर्माण उपभोक्ताले उद्घाटन गरिछाड्ने भनेपछि निषेधाज्ञा जारी गर्नु परेको तनहुँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सागर आचार्यको भनाइ थियो।

नेता पौडेल पक्राउ परे लगत्तै प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले नेता पौडेल तत्काल रिहा नगरे परिस्थितिको सामना गर्न सरकारलाई तयार भएर बस्न चेतावनीसमेत दिएका थिए। पौडेल पक्राउ परेको विरोधमा कांग्रेस नेताले सामाजिक सञ्जालमा सरकारको चर्को लोचना गरेका छन्। 

प्रतिक्रिया