Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

दुईवटा भ्यान्टिलेटरको उद्घाटन भए संगै अब जिल्ला अस्पताल अछामलाई ५० शैयाको रूपमा विकास गरिने

दुईवटा भ्यान्टिलेटरको उद्घाटन भए संगै अब जिल्ला अस्पताल अछामलाई ५० शैयाको रूपमा विकास गरिने

जिल्ला अस्पताल अछामलाई ५० शैयाको अस्पतालको रूपमा विकास गरिने भएको छ । नेपाल सरकारले लिएको स्वास्थ नेपाली, समृद्ध नेपालको निति अनुरूप जिल्ला अस्पताल अछामलाई ५० शैयाको अस्पतालको रूपमा विकास गरिने भएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरि जिल्ला अस्पताल अछाम ५० शय्या स्तरोन्नति सम्बन्धि घोषण कार्यक्रममा जानकारी गराईएको थियोे । सोही अवसरमा जिल्ला अस्पताल अछाममा ल्याईएका दुइवटा भ्यान्टिलेटरको समेत उद्घाटन गरिएको छ । भ्यान्टिलेटर सहितको सेवा उपलब्ध हुने भएपछि अछामी जनताका लागि निकै सहज हुने जिल्ला स्वास्थ्य कार्यालय अछामका बरिष्ठ जन स्वास्थ्य अधिकृत झनक राज ढुंगानाले बताए ।

अस्पताल विकास समितिका अध्यक्ष प्रभुनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय, पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझी , नेकपाका चन्द्र बहादुर बोहरा, मंगलसेन नगरपालिका वडा न ६ का अध्यक्ष जनकराज भण्डारी , पत्रकार महासंघका टेक बहादुर थापा, राष्ट्रिय स्वास्थ्यकर्मि संघ, नेपालका केन्द्रीय सदस्य शिद्व प्रसाद ढुंगाना लगायतले मन्तव्य राख्दै नितिगत रूपमा घोषणा गरेर मात्रै नहुने भएकाले अब यसको अन्य ब्यवस्थापनमा समेत पहल गर्नुपर्नेमा जोड दिंए।

जिल्लाका स्वास्थ्य क्षेत्रमा अहिले पनि थुर्पै समस्या रहेकाले यी समस्याहरू समाधान गर्न जनप्रतिनिधि तथा सरोकारवाला जुट्नुपर्नेमा जोड दिएका थिए । हाम्रा स्वास्थ संस्था गरिबहरूका उपचार गर्ने स्वास्थ्य संस्था मात्रै भएकाले अब धनिहरूको पनि उपचार गर्ने स्वास्थ्य संस्था बन्नुपर्ने माग गरेका थिए । उदघाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी अछामका मन्त्री धुर्ब शाही , गैसस महासंघका बिमला शाही , स्वास्थ्यकर्मी लगायत जिल्लाका सरोकारवालाको सहभागीता रहेको थियोे । जनस्वास्थ्य निरिक्षक महेश चन्दको स्वागत मन्तव्य बाट सुरूभएको उद्घाटन कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक झपट राज ढुंगानाले गरेका थिए ।

प्रतिक्रिया