Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

दुईवटा भ्यान्टिलेटरको उद्घाटन भए संगै अब जिल्ला अस्पताल अछामलाई ५० शैयाको रूपमा विकास गरिने

दुईवटा भ्यान्टिलेटरको उद्घाटन भए संगै अब जिल्ला अस्पताल अछामलाई ५० शैयाको रूपमा विकास गरिने

जिल्ला अस्पताल अछामलाई ५० शैयाको अस्पतालको रूपमा विकास गरिने भएको छ । नेपाल सरकारले लिएको स्वास्थ नेपाली, समृद्ध नेपालको निति अनुरूप जिल्ला अस्पताल अछामलाई ५० शैयाको अस्पतालको रूपमा विकास गरिने भएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरि जिल्ला अस्पताल अछाम ५० शय्या स्तरोन्नति सम्बन्धि घोषण कार्यक्रममा जानकारी गराईएको थियोे । सोही अवसरमा जिल्ला अस्पताल अछाममा ल्याईएका दुइवटा भ्यान्टिलेटरको समेत उद्घाटन गरिएको छ । भ्यान्टिलेटर सहितको सेवा उपलब्ध हुने भएपछि अछामी जनताका लागि निकै सहज हुने जिल्ला स्वास्थ्य कार्यालय अछामका बरिष्ठ जन स्वास्थ्य अधिकृत झनक राज ढुंगानाले बताए ।

अस्पताल विकास समितिका अध्यक्ष प्रभुनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय, पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझी , नेकपाका चन्द्र बहादुर बोहरा, मंगलसेन नगरपालिका वडा न ६ का अध्यक्ष जनकराज भण्डारी , पत्रकार महासंघका टेक बहादुर थापा, राष्ट्रिय स्वास्थ्यकर्मि संघ, नेपालका केन्द्रीय सदस्य शिद्व प्रसाद ढुंगाना लगायतले मन्तव्य राख्दै नितिगत रूपमा घोषणा गरेर मात्रै नहुने भएकाले अब यसको अन्य ब्यवस्थापनमा समेत पहल गर्नुपर्नेमा जोड दिंए।

जिल्लाका स्वास्थ्य क्षेत्रमा अहिले पनि थुर्पै समस्या रहेकाले यी समस्याहरू समाधान गर्न जनप्रतिनिधि तथा सरोकारवाला जुट्नुपर्नेमा जोड दिएका थिए । हाम्रा स्वास्थ संस्था गरिबहरूका उपचार गर्ने स्वास्थ्य संस्था मात्रै भएकाले अब धनिहरूको पनि उपचार गर्ने स्वास्थ्य संस्था बन्नुपर्ने माग गरेका थिए । उदघाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी अछामका मन्त्री धुर्ब शाही , गैसस महासंघका बिमला शाही , स्वास्थ्यकर्मी लगायत जिल्लाका सरोकारवालाको सहभागीता रहेको थियोे । जनस्वास्थ्य निरिक्षक महेश चन्दको स्वागत मन्तव्य बाट सुरूभएको उद्घाटन कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक झपट राज ढुंगानाले गरेका थिए ।

प्रतिक्रिया