Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १७ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
गितालाई वाक नेपालको WECRP परियोजना टिमले गर्यो १९ हजार को सहयोग गितालाई वाक नेपालको WECRP परियोजना टिमले गर्यो १९ हजार को सहयोग प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता सम्पन्न तीन स्वर्ण सहित अछाम तेस्रो प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता सम्पन्न तीन स्वर्ण सहित अछाम तेस्रो वीपी कोइराला राष्ट्रिय पुरस्कार अछामका नयनसिंह कडायत सहित चार जना स्रष्टालाई वीपी कोइराला राष्ट्रिय पुरस्कार अछामका नयनसिंह कडायत सहित चार जना स्रष्टालाई साँफेबगरका आगलागी पीडितलाई चौरपाटी गाउँपालिकाले  २ लाख दिने साँफेबगरका आगलागी पीडितलाई चौरपाटी गाउँपालिकाले २ लाख दिने विपद व्यवस्थापन सम्बन्धि २ दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु विपद व्यवस्थापन सम्बन्धि २ दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु अछामको मुजाबगरमा  रामारोशन पर्यटन, कृषि, व्यापार तथा साँस्कृतिक महोत्सब  हुने अछामको मुजाबगरमा रामारोशन पर्यटन, कृषि, व्यापार तथा साँस्कृतिक महोत्सब हुने गिताको घर निर्माणका लागी तरुण दलका क्षेत्रिय सभापति कडायतले गरे १५ हजार बढिको सहयोग गिताको घर निर्माणका लागी तरुण दलका क्षेत्रिय सभापति कडायतले गरे १५ हजार बढिको सहयोग आफ्नो घर भत्काउन दिएर आगोबाट बजार बचाएकि गिता आफ्नो घर भत्काउन दिएर आगोबाट बजार बचाएकि गिता मालाखेती निवासी नन्दादेवी नागरिक नायक द्वारा सम्मानित मालाखेती निवासी नन्दादेवी नागरिक नायक द्वारा सम्मानित साँफे हाटबजार आगलागीः प्रदेश सरकारले १० लाख र नगरले ६ लाख तत्काल उपलब्ध गराउने साँफे हाटबजार आगलागीः प्रदेश सरकारले १० लाख र नगरले ६ लाख तत्काल उपलब्ध गराउने

अझैं प्रहरिको शंकाको घेरामा को छ ? निर्मला हत्या प्रकरण

अझैं प्रहरिको  शंकाको घेरामा को छ ?  निर्मला हत्या  प्रकरण

नेपाल प्रहरी सबैभन्दा विवादित बनेको पछिल्लो समयको सबैभन्दा चर्चित घटना हो निर्मला हत्याकाण्ड ।  अनुसन्धानका लागि ठूलो जनशक्ति र स्रोत साधन परिचालन गरिएको भए पनि प्रहरीले निर्मलाका हत्यारा फेला पार्न सकेको छैन । ०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त ‘नोट’ लिन साथीको घर गएकी थिइन् ।

साँझसम्म घर नफर्किएकी निर्मला साउन ११ गते घरभन्दा झन्डै डेढ किलोमिटरको दुरीमा रहेको उखुबारीमा मृत फेला परेकी थिइन् । अनुसन्धान र मेडिकल रिपोर्टबाट उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।

तर दुईवर्ष बितिसक्दा पनि घटनामा कसको संलग्नता थियो भन्ने खुल्न सकेको छैन । प्रहरीले ०७५ भदौ ४ मा भीमदत्तनगर १९ बाँगफाटाका ३९ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो ।

उनलाई सार्वजनिक गरेसँगै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो । प्रहरी अनुसन्धानमै प्रश्न उठेपछि गृह मन्त्रालयले एक उच्चस्तरीय समिति गठन गरेको थियो । सोही समितिले अनुसन्धानमा लापरवाही गरिएको, नक्कली अभियुक्तलाई सार्वजनिक गरेको भन्दै प्रहरी अधिकृतमाथि कारवाहीको सिफारिस गरेको थियो ।
सोही समितिको सिफारिसका आधारमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रमुख र वडा प्रहरी कार्यालयका प्रमुख बर्खास्तीमा परेका थिए भने सीआईबीबाट खटिएको टोलीलगायतका अन्य प्रहरी निलम्बनमा परेका थिए ।

तर उनीहरुलाई अदालतले सफाइ दिइसकेको छ । तत्कालीन समयमा निलम्बन र बर्खास्तीमा परेका प्रहरी अधिकारीले घटनामा दिलिपकै संलग्नता रहेको सार्वजनिकरुपमै दाबी गर्दै आएका छन् ।

तर त्यसपछि खटिएका प्रहरी अधिकारी र अनुसन्धान अधिकृतले दिलिपनै घटना अभियुक्त हुन भनेर दाबी गर्न नमिल्ने बताउँदै आएका छन् । 

सुरुवाती समयको अनुसन्धानमा खटिएको अनुसन्धान टोली बर्खास्त र निलम्बनमा परेपछि गएका सबैजसो प्रहरी अधिकारीले दिलिप विष्टको संलग्नतालाई अस्वीकार गर्दै आएका छन् ।

एक प्रहरी अधिकृतले भने,“यो गम्भीर विषय हो । जसरी दिलिप नै हो भनेर सुरुमा खटिएको टोलीले दाबी गरेको छ त्यो दाबीमा पूरा सत्ययता छैन । हामीले पनि अनुसन्धान नै गरेको हो नि ! तथ्यले पुष्टि नभएका कुरा गरेर हुन्छ र ?”

पुराना र नयाँ प्रहरी अधिकारीकै विषयमा घटनाका बारेमा फरक मत आएपछि प्रहरी नेतृत्वले अनुसन्धानमा खटिएका सबैसँग छलफल गर्ने र जानकारी लिने तयारी गरेको स्रोतको दाबी छ । 

दिलिप विष्ट नै भएको दाबी गर्ने प्रहरी अधिकृतबाहेक अरुले घटनामा नजिक वा चिनजानै व्यक्तिको संलग्नता हुनसक्ने दाबी गर्दै आएका छन् ।

घटनास्थल उखुबारी नै भएको प्रहरीले निष्कर्ष निकाले पनि हत्यामा कसको संलग्नता थियो भन्ने ‘क्लु’ नपाउँदा अनुसन्धान पेचिलो बन्दै गएको छ ।   निर्मला बलात्कारमा एकजनाको मात्रै संलग्नता रहेको अनुसन्धान र ‘भेजिनल स्वाब’ परीक्षणबाट पुष्टि भएको थियो । तर एक समितिले स्वाब संलकन प्रक्रिया नै गलत भएको रिपोर्ट गृह मन्त्रालयमा बुझाइसकेको छ ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपीको कमाण्डमा टोली कार्यरत छ ।  सुरुदेखि नै अनुसन्धानमा सीआईबीको टोली जुटेको छ । यसबाहेक कञ्चनपुर प्रहरीको टोली पनि सक्रिय छ । अनुसन्धानका क्रममा झण्डै एक हजारको हाराहारीमा शंकास्पद व्यक्तिको बयान लिने, निगरानी राख्ने, कल डिटेल हेर्ने, डीएनए परीक्षण गर्नेलगायतका काम गरिएको  प्रहरी अधिकारी बताउँछन् । तर त्यसबाट पनि प्रहरीले ‘क्लु’ भेट्टाउन सकेको छैन ।

प्रहरीले निर्मलाको गाउँ आसपासमा लगत संकलन समेत गरेको थियो । त्यसक्रममा प्रहरीले झण्डै २ हजार बढी घरको विवरण संकलन गरिएको थियो ।  प्रहरीले संकलन गरेको विवरणमा घरमा को–को थिए, साउन १० अघि कहाँ थिए, उनीहरुको पृष्ठभूमि वा पेशा के हो, साउन १० पछि घर छाडेर वैदेशिक रोजगारी वा भारतमा को–को गएलगायतका विवरण संकलन थियो ।  

निर्मला बलात्कार तथा हत्यामा चिनजानकै व्यक्तिको संलग्नता हुनसक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीले गरेका छन् । एक उच्च अधिकारीले भने, ‘‘चिनजानकै व्यक्ति घटनामा संलग्न हुन सक्ने सम्भावना बढी छ । नेपालमा भएका कयौं घटनामा नजिकैका आफन्त वा चिनजानकै व्यक्तिको संलग्नता पाइएको छ । हामी सबै पक्षबाट हेरिरहेका छौं ।’’

प्रहरी टोलीले उपलब्ध स्रोत साधनको प्रयोग गरे पनि ‘म्यानुअल’ पद्धतिमै अनुसन्धान गर्नुपर्ने बाध्यता छ ।  घटनामा प्रविधिको प्रयोगभन्दा व्यक्तिलाई भेट्ने, खोज्ने लगायतकै काम बढी छ भइरहेको प्रहरी अधिकृतहरु बताउँछन् । 

प्रतिक्रिया