ताजा अपडेट
संसद बिघटन गरिदिन्छु, पार्टी फोडिदिन्छु, इमर्जेन्सी लगाइदिन्छु भनेर कोही तर्सिनेवाला छैन- माधव कुमार नेपाल
नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कसैको धम्की र धमासबाट कोही नतर्सने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फोड्ने, संसद बिघटन गर्ने, संकटकाल लगाउने, अध्यादेश ल्याउने भन्दै धम्की दिने गरेको उल्लेख गर्दै कोही नतर्सने बताएका हुन् ।
आज फाउन्डेसन फर क्रिटिकल डिस्कोर्सद्वारा आयोजित वेबिनारमा बोल्दै नेता नेपालले भने, ‘पार्टी फोडिदिन्छु, संसद बिघटन गरिदिन्छु, इमर्जेन्सी लगाइदिन्छु, अध्यादेश ल्याइदिन्छु भनेर तर्साएर कोही तर्सनेवाला छैन ।’ उनले पार्टीभित्र अधिनायकवाद र मनपरीतन्त्र नचल्ने बताए ।
ओलीप्रति संकेत गर्दै नेपालले भने, कसैको अधिनायकवाद र मनपरीतन्त्र चल्दैन । पार्टी विधि र पद्धतिबाट चल्ने भन्दै पार्टी निर्णयबाट सबै चल्नुपर्ने बताए ।
नेकपाभित्रको विवाद चुलीमा पुगिरहँदा नेता नेपालको भनाई आएको हो । उनी ओलीविरोधी मोर्चामा उभिएका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया