Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

मध्यपहाडी राजमार्गको काम कछुवा गतिमा हुँदै

मध्यपहाडी राजमार्गको काम कछुवा गतिमा हुँदै

पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने चरणबद्धरूपमा हुँदै आएको भए पनि गतिमा ढिलाइ भएको छ । 

आयोजनाले सडकको सबै पूर्वाधारको तयारीपश्चात् विसं २०७३ देखि मात्रै कालोपत्रेका लागि ठेक्का खोलिएको दैलेख खण्डमा पर्ने १२५ किलोमिटर सडकमध्ये २५ किलोमिटर मात्र कालोपत्रे भएको छ । अब काम धमाधम अगाडि बढिरहेको मध्यपहाडी आयोजना कार्यालय दैलेख प्रमुख डा अर्जुनकुमार बमले बताए । 
 
दुई वटा पक्की पुलसहित १२ वटा ठेक्का अहिले सञ्चालनमा आएका छन् । काम शुरु भएदेखि यो वर्षसम्मको ठेक्कामा कूल रु चार अर्ब २७ करोडको लागतमा विभिन्न स्थानमा काम शुरु गरिएको छ । अहिलेसम्म रु एक अर्ब ३४ करोड भुक्तानी भइसकेको आयोजनाले जनाएको छ । 
 
मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका प्रमुख बमका अनुसार रुकुम पूर्व र अछामसम्म रु १० अर्ब ८८ करोड ५९ लाख बराबरको विभिन्न ठेक्कामार्फत सडक कालोपत्रेका लागि काम शुरु भइरहेकोे छ । 

पक्की नाली र ग्राभेल उप्काउँदै कालोपत्रेको तयारी 

मध्यपहाडी सडकखण्डअन्तर्गत दैलेख खण्डका कतिपय स्थानमा छ वर्षअघि पक्की नाली र ग्राभेल सम्पन्न भएको थियो । उक्त कामका लागि करोडौँ रकम राज्यकोषको खर्च गरियो तर अहिले पक्की नाली भत्काएर पुनः काम शुरु भइरहेको छ । 

ग्राभेल थुपारेर राखिएको छ । वन क्षेत्र र सहजै सडक चौडा गर्न सकिने स्थानमा बनाइएका नाली पुरिनु र ग्राभेल जम्मा गरेर राखिनुले यसअघि गरिएको गलत इञ्जिनीयरिङका कारण राज्यकोषको करोडौँ रकम फजुल खर्च भएको स्पष्ट देखिएको छ ।

विशेष गरेर सदरमुकामको लोहोरेदेखि भैरवी गाउँपालिका र दुल्लु नगरपालिकाको सिमाना चगर्तासम्मको सडकखण्डमा अहिले कुनै पनि पुरानो संरचना देख्न र भेट्न पाइँदैन । करोडौँ रकम यसअघि यही सडकमा खर्च भयो, ओहोरदोहोर गर्दा देखिने पुराना संरचना अहिले कुनै पनि देखिँदैनन्, ग्राभेल थुपारेर राखिएको छ । यसरी सडककै नाममा फजुल खर्च नियोजित रूपमा गरिएको हुनसक्ने यस्ता कुराको छानबिन हुनुपर्ने माग स्थानीयवासीको छ । 

विगत छ वर्ष अघिदेखिको कामको सूचना माग गर्दासमेत आयोजनाले सूचना प्रदान गर्न सकेन । अहिले विभागमा मात्र यसको जानकारी हुने भन्दै विवरण उपलब्ध गराउन नसकिएको आयोजनाका कर्मचारीले बताउँदै आएका छन् ।

चार कम्पनीको म्याद थप 
 
सदरमुकामको पूर्वी खण्डमा पर्ने विभिन्न सडकखण्डको कालोपत्रेको काम विसं २०७७ असारसम्म सम्पन्न गरिसक्नुपर्ने ठेक्का सम्झौता गरेका चार कम्पनीले कोरोना कहर देखाउँदै पुनः छ महिनाका लागि म्याद थप गरेका छन् । 

विसं २०७७ असारसम्म काम सक्ने जिम्मेवारी पाएका रमन केएल जेभी, शर्मा गजुरमुखी, पुप्पु हाई हिमालय जेभीले म्याद थप गरेको आयोजनाले जानकारी दिएको छ । दैलेख खण्डका लागि ठेक्का सम्झौता गरेका अन्य नौ वटा कम्पनीको म्याद २०७८ र २०७९ मा सम्पन्न हुने सम्झौतामा उल्लेख गरिएको छ । 

मुआब्जाको काम अगाडि बढ्यो 

मध्यपहाडी राजर्माग सडकखण्डको विवाद भएको स्थान सदरमुकाम खण्डलगायतका अन्य विभिन्न खण्डमा देखिएका विवादको समाधान गर्दै सबै खण्डमा कालोपत्रेका लागि ठेक्का खोलिसकिएको छ । समस्या समाधानका लागि रु चार करोडको मुआब्जा वितरण गर्ने तयारी गरिएको आयोजना कार्यालयले जनाएको छ । मुआब्जाको विवरण सङ्कलन र मूल्याङ्कन रकमको विवरण प्राप्त भइसकेकाले तत्कालै प्रक्रियामा अगाडि बढाइने जानकारी आयोजनाले दिएको छ । 

प्रतिक्रिया