ताजा अपडेट
'द भ्वाइस अफ नेपाल' मा सुदूरपश्चिम बाजुराका धर्मेन्द्र सुनारको दमदार प्रस्तुती
बाजुराको बुढीनन्दा नगरपालिका–२ कोल्टीका २४ वर्षीय धर्मेन्द्र सुनार 'द भ्वाइस अफ नेपाल' मा छनौट भएका छन्। उनी हिमालयन टेलिभिजनबाट प्रशारण हुने भ्वाइस द भ्वाइस अफ नेपालको सिजन ३ का लागि छनौट भएका हुन।
डिजिटल अडिसन पछि जजले उनको स्वर तथा कलालाई मन पराएपछि द भ्वाइस अफ नेपालको टिम कोल्टीमै पुगेर उनीलाई लगेको थियो।
शुक्रवार साँझ मात्र ब्लाइन्ड अडिशनमा उनले आफ्नो प्रस्तुति देखाएका थिए। उनले आफ्नो प्रस्ततीबाट ४ वटै जजहरुलाई आफुतिर फर्काउन सफल भएका थिए ।
उनको प्रस्तुतिलाई मन पराएर सामाजिक सञ्जालमा उनी निकै चर्चित बनेका छन्। धर्मेन्द्र विगत १२ वर्षदेखि सांगितिक क्षेत्रमा रहेका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया