Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मागेरै रहर पूरा गर्ने सटकदम सीतारामहरू !

मागेरै रहर पूरा गर्ने सटकदम सीतारामहरू !

अच्छा कन्टिर–बाबूको एक प्रश्नको तपाईहरू उत्तर दिनुस् पहिले ! ल, भन्नुस्, राज्य र सरकार किन आवश्यक छ ? तपाईको उत्तर हुन सक्छ, जनताको सर्वोत्तम हितका लागि । एकदम ठीक भन्नुभयो ।

तर सरकारले यसविपरीत नीति लियो भने नि ? त्यो त गैरजिम्मेबार सरकार भइहाल्यो नि । हो, कन्टिर–बाबूको दिमागलाई हिजोदेखि चक्कर लगाएको सन्दर्भ नै यही हो ।

कन्टिर–बाबू सोध्छन्– सरकारको काम जनतासँग कर असुली गरेर खाली आफैँले ऐस–आराम गर्ने, रइसी–नबाबी झार्ने काममात्र हो ? जनताको काम परे चाहिँ सुरुमै हात उठाउने अनि पुच्छर लुकाएर सटकदम सीताराम !

प्रदेश २ को सरकार पनि जनतालाई परेको बेलामा सटकदम सीताराम भएको देखिएको छ । यस प्रदेशको प्रादेशिक अस्पतालका नामबाट प्रमोदकुमार यादवले एक कागजमा कोरोनाका बिरामीलाई खाना खुवाउन मारवाडी युवालाई अपील गरेका छन् । यस्तो अपील अरू–अरूलाई पनि गरेको हुन सक्छ ।

कन्टिर–बाबू प्रदेश सरकारलाई सोध्न चाहन्छन्– अरे लालाबाबुजी हालत यस्तो भइहाल्यो कि कोरोना र लकडाउनले थिलथिलो भएको जनतालाई राहत दिन छोडेर तिनैसँग भीख माग्ने नौवत आयो ?

अरे कसैले स्वेच्छाले दिन्छ भने सरकारले विचार गर्ने कुरा हो तर पत्र नै काटेर खाना खुवाउन सहयोग माग्नु भनेको सरकारको निर्लज्जीकरण हो, जनतामाथि थोपरिने दबाबको पराकाष्ठा हो ।

अरे सरकार, जनताले त तिमीहरूलाई भने जति कर दिएकै छन् नि ! के गर्छौ त्यसको ? पहिले हिसाब–किताब सार्वजनिक गर त्यसको अनि साँच्चै कोरोना रोगीलाई खुवाउन पैसाको विश्वसनीय अभाव देखिए जनताले चन्दा देलान् ।

अरे विश्वका सरकारबाट केही त सिक । लोकतन्त्र र लोककल्याणकारी राज्यको अवधारणाबारे केही त बुझ । कन्टिर–बाबू भन्छन्– के भन्नु ? सधैँ मागेरै आफ्नो रहर पूरा गर्ने बानी परेकाबाट यसभन्दा बढीको के अपेक्षा गर्नु ?

आफ्नो भकारीको टालिएको मुख खोलेर धान निकाल्नुभन्दा अरूसँग मागेरै काम चलाउनु सजिलो नि ! लाज न साज । अन्धेर नगरी चौपट राजा … यहाँ सब चलता है ।  

कोशी अनलाईनबाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया