ताजा अपडेट
मागेरै रहर पूरा गर्ने सटकदम सीतारामहरू !
अच्छा कन्टिर–बाबूको एक प्रश्नको तपाईहरू उत्तर दिनुस् पहिले ! ल, भन्नुस्, राज्य र सरकार किन आवश्यक छ ? तपाईको उत्तर हुन सक्छ, जनताको सर्वोत्तम हितका लागि । एकदम ठीक भन्नुभयो ।
तर सरकारले यसविपरीत नीति लियो भने नि ? त्यो त गैरजिम्मेबार सरकार भइहाल्यो नि । हो, कन्टिर–बाबूको दिमागलाई हिजोदेखि चक्कर लगाएको सन्दर्भ नै यही हो ।
कन्टिर–बाबू सोध्छन्– सरकारको काम जनतासँग कर असुली गरेर खाली आफैँले ऐस–आराम गर्ने, रइसी–नबाबी झार्ने काममात्र हो ? जनताको काम परे चाहिँ सुरुमै हात उठाउने अनि पुच्छर लुकाएर सटकदम सीताराम !
प्रदेश २ को सरकार पनि जनतालाई परेको बेलामा सटकदम सीताराम भएको देखिएको छ । यस प्रदेशको प्रादेशिक अस्पतालका नामबाट प्रमोदकुमार यादवले एक कागजमा कोरोनाका बिरामीलाई खाना खुवाउन मारवाडी युवालाई अपील गरेका छन् । यस्तो अपील अरू–अरूलाई पनि गरेको हुन सक्छ ।
कन्टिर–बाबू प्रदेश सरकारलाई सोध्न चाहन्छन्– अरे लालाबाबुजी हालत यस्तो भइहाल्यो कि कोरोना र लकडाउनले थिलथिलो भएको जनतालाई राहत दिन छोडेर तिनैसँग भीख माग्ने नौवत आयो ?
अरे कसैले स्वेच्छाले दिन्छ भने सरकारले विचार गर्ने कुरा हो तर पत्र नै काटेर खाना खुवाउन सहयोग माग्नु भनेको सरकारको निर्लज्जीकरण हो, जनतामाथि थोपरिने दबाबको पराकाष्ठा हो ।
अरे सरकार, जनताले त तिमीहरूलाई भने जति कर दिएकै छन् नि ! के गर्छौ त्यसको ? पहिले हिसाब–किताब सार्वजनिक गर त्यसको अनि साँच्चै कोरोना रोगीलाई खुवाउन पैसाको विश्वसनीय अभाव देखिए जनताले चन्दा देलान् ।
अरे विश्वका सरकारबाट केही त सिक । लोकतन्त्र र लोककल्याणकारी राज्यको अवधारणाबारे केही त बुझ । कन्टिर–बाबू भन्छन्– के भन्नु ? सधैँ मागेरै आफ्नो रहर पूरा गर्ने बानी परेकाबाट यसभन्दा बढीको के अपेक्षा गर्नु ?
आफ्नो भकारीको टालिएको मुख खोलेर धान निकाल्नुभन्दा अरूसँग मागेरै काम चलाउनु सजिलो नि ! लाज न साज । अन्धेर नगरी चौपट राजा … यहाँ सब चलता है ।
कोशी अनलाईनबाट धर्मेन्द्र झा को स्तम्भ
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया