Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

न्यायको पर्खाइमा किशोरी

न्यायको पर्खाइमा किशोरी

सेफ हाउसको एउटा अँध्यारो कोठा। सुँक्कसुँक्क रुँदै गरेको आवाज। मोबाइलको बत्ती बालेर भित्र पस्दा आवाज उनै किशोरीको। जसलाई जिल्ला अदालत अछामले बलात्कारको झुटा मुद्दामा ३ वर्ष ६ महिना जेल सजायको फैसला सुनाएको थियो। 

उनी थचक्क भुइँमा बसेर ठूलो स्वरमा रुन थालिन्। एकछिन सम्झाइबुुझाई गरिसकेपछि बल्ल चुप लागिन्। उनलाई देख्दा अदालतले गरेको फैसलाप्रति पुनः एक पटक सोच्न बाध्य बनायो। यति विक्षिप्त अवस्थामा रहेकी किशोरीले बलात्कारजस्तो अपराधमा झुटा मुद्दा लगाउन सक्लिन् र ? प्रश्न मनमा खेलिरह्यो। परिचय दिएँ। त्यसपछि खुलेरै कुराकानी गर्न थालिन्।

अदालतको फैसला थाहा पाएपछि आफूले दुई पटकसम्म आत्महत्याको प्रयास गरेको उनले बताइन्। गत आइतबार जिल्ला अदालत अछामले गरेको फैसलाले उनको जीवन नै उथलपुथल पारिदियो। रामारोशन गाउँपालिकाका २० वर्षीय किशोरसँग उनले घरजम गर्ने सपना देखेकी थिइन्। त्यही सपनाले उल्टै तीन वर्षभन्दा बढी जेल सजाय भोग्न बाध्य पार्ला भनेर उनले कल्पनासमेत गरेकी थिइनन्। उनले फागुन १० गते मुद्दा दायर गरिन्। अदालतको फैसला सुनेपछि पलपल डरमा बाँचेकी छन् उनी। कतिबेला प्रहरी आएर जेल लग्ने हुन् ? यही डरले उनी बेलाबेलामा झस्कन्छिन्। उनै पीडित किशोरीसँग गीता कुँवरले गरेको कुराकानी :

तिम्रो नाम के हो ?
(सुक्क सुँक्क)...

कतिको पढेकी छ्यौ ?
पढाइ छाडिसकेँ। २ कक्षासम्म पढें, त्यसपछि छोडिदिया।

घरमा को को हुनुहुन्छ ?
आमा, दाजु र दिदी, बहिनी हुनुहुन्छ। बुवा बितिसक्नु भयो।

कति वर्षकी भयौ ?
१९ वर्ष पुगें।

सेफ हाउसमा आउनुको कारण थाहा छ ?
खोइ माथिबाट पठाएका हुन्।

कहिले आयौ यहाँ ?
हिजो (बुधबार) आया हुँ।

तिमीले हालेको मुद्दामा अदालतले गरेको फैसला थाहा पायौ ?
क्या पो हो ? ३ वर्ष जेल हाल्यो भन्दा छन्। 

तिमीलाई जेल सजाय भएको घरपरिवारलाई थाहा छ कि छैन ?
मैले अहिले (बिहीबार) मात्र थाहा पाएँ, घरपरिवारलाई त थाहै छैन। 

त्यो केटा जेलबाट छुटेको चाहिँ थाहा पायौ, पाएनौ ?
अस्ति आइतबार छुट्यो भन्दा छन्। 

छुटेपछि फोन गर्‍यो कि नाइँ केटाले ?
नाइँ गरेन। केटाले पनि गरेन, उसका परिवारले पनि फोन गरेन।

कति भयो केटासँग कुराकानी गर्न थालेको ?
अलि पहिलेदेखि नै हो।

खासमा त्यो दिन के भएको थियो ?
माघ १५ गते घरमा बिहेको कुरा गर्न आएका हुन्। त्यो दिन ढिलो भयो, रात परिहाल्यो। मेरै घरमा बसे। म सधैं सुत्ने कोठामा त्यो सुत्यो। त्यो सुतेको कोठामा मेरो औषधि थियो। खुट्टा र मुटुमा समस्या छ। सधैं औषधि खाइरहन्छु। औषधि लिन केटा सुतेको कोठामा गएँ। कोठामा छिर्नेबित्तिकै एक्कासि झ्याप्पै तान्यो (रुन्चे स्वरमा)। अनि जबरजस्ती गर्‍यो। कराएँ। म कराएको सुनेपछि त्यो केटासँगै आएको साथीले ए के गरेको यो ? 
भनेर उसलाई गाली गर्‍यो। केटीको घरमा आएर के गरेको तैंले भनेर उनीहरू कराए। मेरो श्रीमती हो जे पनि गर्न सक्छु भनेर भन्यो। भोलि श्रीमती नभएपछि के गर्छस् ? भन्दा त्यस्तो हुँदैन मेरो श्रीमती नै हो भन्यो। श्रीमती भनिसकेपछि मसँग बिहे गर्छ भन्ने लाग्यो।

घरबाट बिहे गर्छु भनेर भगाएर ल्याएको हो ?

त्यसै दिन बिहे गर्छु भनेर घरबाट भगाएर ल्यायो। विनायक र गैटीटाडको बीचमा पुगेपछि फेरि जबर्जस्ती गर्‍यो। अनि अब त घर गैजा भन्यो। मैले जाँदैन भनें। त्यहाँ पनि धेरै दुःख दियो मलाई त्यसले।

तिमीले बयान किन फेरेको त ?
अब जे हुनु भयो। मलाई बाहिर निकाल्। तँसँग बिहे गर्छु भन्यो। बिहे गर्छु भनेपछि मैले सहमतिमै भएको हो भनेको हुँ। यस्तो होला भन्ने थाहै भएन।

कसैले मुद्दा फिर्ता लैजा भनेर दबाब दिएको हो ?
धेरैले भने यस्तो त। केटाका आफन्तले जेल नहाल, तँसँग बिहे गर्छ बाहिर निकाल्दे भने। पछि मुलाई धोका दिन्या हो कि नाइँ भनेर सोध्या पनि हुँ। दिँदैन भन्यो। बिहे नै गर्छु भनेको हो।

न्याय पाउँछु जस्तो लाग्छ कि लाग्दैन ?
अझै पनि न्याय पाउँछु जस्तो लाग्छ।

प्रतिक्रिया