Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सर्वदलीय टोलिको नेतृत्व गर्दै जोखिम मोलेर अनुगमनमा सक्रिय उपाध्यक्ष रावल

सर्वदलीय टोलिको नेतृत्व गर्दै जोखिम मोलेर अनुगमनमा सक्रिय उपाध्यक्ष रावल

धिरज कुँवर  साउन १७ अछाम

रामारोशन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलको नेतृत्वको टोलिले गाउँपालिकामा भएको क्षतिको अनुगमन गरेको छ । मंगलबारदेखि भारी वर्षासँगै आएको  बाढी पहिरोबाट जोखिम बस्ती र क्षेतिको अनुगमन गर्न रामारोशन गाउँपालिकाको सर्वदलीय सर्वपक्षीय टोलिले बाढी प्रभावित सबै क्षेत्रको अनुगमन गरेको हो। टोलीसित गएका काङ्ग्रेस नेता पुष्प बिष्टका अनुसार अनुगमन टोलिले श्रावण १३ गते अाएको अविरल बर्षाले रामारोशनमा भएको सबै क्षेतिको विवरण समेत संकलन गरेको छ।

बाढी पहिरोले रामारोशन गाउँपालिका -५ को अल्याडी पुरै गाउँ नै उच्च जोखिममा रहेको छ । करिब दुई हजार भन्दा बढी जनसंख्या रहेको गाउँ पहिरोले पुरै गाउँ छियाछिया बनाएको छ । ४२ घर परिवारले घर छोडेका छन । वडा नम्बर ५ कै नेटाकोटमा ४ , जिउनेरामा ३ परिवारले घर छोडेका छन । पालिकाको वडा नम्बर ४ बाटुलासेनमामा पनि १ घर पुर्ण रुपमा क्षेति भएको छ । बाँकी २१ घर उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । अनुगमन टोलिका अनुसार १६ घर परिवारले घर छोडेका छन वडा नम्बर ६ को भटाकाटियामा २ घरमा पुर्ण क्षेति भएको उपाध्यक्ष रावलले बताउनुभयो । पहिरोले रामारोशन गाउँपालिकाका सयौं घरमा क्षति पुग्नुका साथै थुप्रै खेति योग्य जमिनलाई बगर बनाएको छ । बाढीले रामारोशन क्षेत्रका ६ झुलङ्गे पुल, ५ जलविद्युत परियोजना, ३० भन्दा बढी पानी घट्ट ,१४ खानेपानीका मुहान र ६ वटा सिचाइ कुलो पुर्ण रुपमा क्षेति भएका छन् ।

बाढीले अल्याडी , जेठरी ,बालसैन र कैलाश खोला अासपासका बजार र बस्ति उच्च जोखिममा रहेकाले तत्काल राहत उदार तथा व्यवस्थापनका लागि सबै सरकार र निकायको ध्यान जानू पर्ने रामारोशन गाउँपालिका उपाध्यक्ष रावलले बताउनुभयो । हाल बाढी पहिरोले ४०० भन्दा बढी मानिस घर विहिन भएर गोठ खरक र अरुको घरमा बस्न बाध्य भएका छन । अझै अन्य ठाउँको एकिन विवरण आउन समय लाग्ने टोलिमा सहभागी कांग्रेस नेता पुष्प बिष्टले जानकारी दिनुभयो । मंगलबारदेखि भारी वर्षासँगै अाएको बाढी पहिरोबाट जोखिम बस्ती र क्षेतिको अनुगमन गर्न रामारोशन गाउँपालिकाको सर्वदलीय सर्वपक्षीय टोलिले बाढी प्रभावित सबै क्षेत्र को अनुगमन गरेको छ। रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलको नेतृत्वमा गएको टोलिले सबैभन्दा भन्दा बढि बाढी पहिरो प्रभावित क्षेत्र रामारोशन गाउँपालिका -५ को अल्याडी, सडेगडा, नेटाकोट ,जिउनेरा वडा नम्बर ४ को भेरगाउँ , जेठरी, बालसैन, हुडेतोला , घट्टे खोलाको स्थलगत अनुगमन गरेको हो । टोलिले खालबजार , पुलबजार , मुजाबगरलगायतका क्षेत्रमा समेत अनुगमन गरेको छ । टोलिमा नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला सचिवालय सदस्य चक्र बहादुर रावल ,नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल, नेपाल कम्युनिस्ट पार्टी रामारोशन गाउँपालिका अध्यक्ष कम्मान साउद ,सचिव पदम शाह ,नेपाली कांग्रेस रामारोशन गाउँपालिका सचिव गोपिप्रसाद खनाल ,कांग्रेस युवा नेता एवम् नेविसंघ जिल्ला सदस्य पुष्प बिष्ट, रामारोशन गाउँपालिका प्रविधिक निराजन रोकाया ,प्रहरी चौकि शान्तडाका हवल्दार भुवन पाल सहित दुई प्रहरी जवान लगायतको सहभागीता रहेको थियो ।

बाढी पहिरोले गर्दा थुप्रै ठाउँ क्षेति भएकाले प्रभावित क्षेत्रमा जान पनि निकै कठिन भएको रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावल बताउनुभयो । साथै शुक्रबार जिल्लास्थित सरोकारवालाको टोलीले समेत दर्ना पुलदेखी खालबजार नजिक रहेको बल्दे पुलसम्मको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी , सिचाइ डिभिजन , नेपाल रेडक्रस सोसाइटी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया