Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती

धिरज कुँवर

धिरज कुँवर

धिरज कुँवर

एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी निर्वाचन सन् २०२५ जुलाई २६ मा हुँदैछ। यसै सन्दर्भमा तास्मानियामा सक्रिय सामाजिक अगुवा खेम कुँवरले एनआरएनए तास्मानिया (NRNA-TAS) को राज्य समन्वय समिति (SCC) सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

Read more

सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती

नेपाल कृषिप्रधान देश हो भन्ने भनाइ हामीले वर्षौंदेखि दोहोर्याउँदै आएका छौं। तर व्यवहारमा त्यसको कति अनुसरण भइरहेको छ? असार १५, जसलाई हामी "राष्ट्रिय धान दिवस" का रूपमा मनाउँछौं, त्यो केवल एक चाड वा सांस्कृतिक उत्सव मात्रै होइन, कृषि, किसान र खाद्य सुरक्षाप्रतिको हाम्रो दायित्व र प्रतिबद्धताको स्मरण हो। यो दिनले माटो, बिउ, पानी र पसिनासँग जोडिएको हाम्रो अस्तित्वलाई पुनः एकपटक आत्मसात् गर्ने अवसर प्रदान गर्छ।

Read more

वीपी कोइराला राष्ट्रिय पुरस्कार अछामका नयनसिंह कडायत सहित चार जना स्रष्टालाई

नेपाल सरकारको संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साहित्य र राजनीतिक दर्शन गरी चार जना स्रष्टालाई वीपी कोइराला राष्ट्रिय पुरस्कार–२०८१ प्रदान गर्ने घोषणा गरेको छ ।

Read more

आफ्नो घर भत्काउन दिएर आगोबाट बजार बचाएकि गिता

गिता कठायत कुँवर सधैं जसो कामबाट फर्केर राति खाना खाई छोरी संगै सुतेकि थिईन ।  राति एक्कासि ‘आगो लाग्यो’ भन्ने कोलाहल संगै नेपाल बैंकको साईरन कानमा ठोक्कियो। नजिकै अर्को घरमा बस्ने उनकि जेठानि जनक कुँवरले उठाएर जानकारी गर्दा उनको निन्द्रा खुल्यो । बाहिर हेर्दा दनदनी आगो बलेको थियो। उनकि जेठानि गुहारको आवाज सहित सबैलाई उठाउन ब्यस्त थिईन, आगोको लप्का उनकै घरतिर सोझिंदै थियो। उनि हतारिंदै बाहिर निस्किइन्।उनको घर छेउका पसलहरुमा आगो दन्किसकेको थियो। स्थानीय बासिन्दा, नगर प्रमुख लगाएतका जनप्रतिनिधि र प्रहरी आगो निभाउन तल्लीन थिए। जति गर्दा पनि आगो नियन्त्रण गर्न सकिएको थिएन।

Read more

साँफेबगरमा निर्माण व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु

नेपाल निर्माण व्यवसायी संघ अछामको आयोजनामा शनिबार देखि साँफेबगरमा निर्माण व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । तालिममा ४० जना निर्माण व्यवसायीहरूको सहभागि रहेको छ ।

Read more

एउटै विद्यालयमा ४१ बर्ष ७ महिना अध्यापन गराएर अवकास लिएका शिक्षक ललित बहादुर कुँवर

केहिदिन अघिको कुरा हो सामाजिक संजाल हेर्ने क्रममा एउटा फोटोमा गएर ध्यान केन्द्रित भयो । घाँटीभरी खादा र माला संगै जमिनमा घोप्टो परेर माटोलाई ढोगिरहेका शिक्षक ललित ललित बहादुर कुँवरको त्यो तस्बीरले म लगाएत धैरको मन भाबुक बनायो । उसो त मैले आफ्नो होस सम्हाले देखि नै मैले देख्दै आईरहेको अनुहार र सुन्दै आईरहेको नाम हो शिक्षक ललित बहादुर कुँवर । आफुले यति नजिकैबाट चिनेका र नियालेका पात्रको संक्षिप्त पेशागत जिवनीका बारेमा थप जान्ने कौतुहलताका साथ भेटेर जान्न मन लाग्यो ।

Read more

खोला मिची घर, बाढी र डुबानको डर

खोला मिच्नु प्रकृति विरोधी कार्य हो । खोला मिचेर संरचना बनाउँदा जोखिम उत्पन्न हुन्छ । त्यसैले त राज्यले खोलाको मापदण्ड तोकेको हुन्छ । नेपाल सकार (मन्त्रीपरिषद्) बाट २०६५/०८/१ मा भएको संशोधित निर्णय अनुसार खोला किनारमा संरचना निर्माण गर्ने सम्बन्धमा खोलाको नापीको नक्शाबाट कामय रहेको छेउबाट दायाँ/बायाँ तोकिएको दुरी छोडेर मात्र भवन निर्माण गर्न पाइने नियम छ  ।तर साँफेबगरमा भने खोलामाथि नै घर/टहरा बनाएको पाइएको छ भने खोलाको मापदण्ड मिचेर कयौं संरचना निर्माण गरीएका छन् ।साँफेबगर नगरपालिका ४ मा अवस्थित साँफ्या खोला मिचेर दर्जन बढि घरटहरा निर्माण गरीएका छन् । त्यसैगरी साँफेबगर नगरपालिका ४ मा अवस्थित छिपेखोला मिचेर ५० भन्दा बढि घर टहरा निर्माण गरीएका छन् ।

Read more

नेपाली सेना श्री गोरख बक्स गणको लिड रोलमा विपद् उद्धार तथा प्रतिकार्य अभ्यास “मनसुन–४“ को डेमोन्स्ट्रेशन प्रदर्शन

नेपाली सेना श्री गोरख बक्स गणको लिड रोलमा विपद् उद्धार तथा प्रतिकार्य अभ्यास “मनसुन–४“ को डेमोन्स्ट्रेशन प्रदर्शन गरीएको छ । साँफेबगर नगरपालिका वडा नं. ३ स्थित बुढिगंगा नदिमा नेपाली सेना श्री गोरख बक्स गणको लिड रोलमा तथा जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल नं. द्धढ गुल्म हे.क्वा., जिल्ला विपद् व्यवस्थापन कार्यालय, जिल्ला अस्पताल, न्याय हेल्थ अस्पताल बयालपाटा, नेपाल रेडक्रस सोसाईटी अछाम शाखा,  स्थानिय निकाय तथा अन्य सरोकारवाला निकायहरुको सहभागितामा संयुक्त रुपमा शुक्रबार डेमोन्स्ट्रेशन प्रदर्शन गरीएको थियो ।

Read more

निती नियमका बहानामा पन्छाईएको बयालपाटा अस्पताल - सुनेको ईतिहास, देखेको वर्तमान

गुणस्तरीय र निःशुल्क स्वास्थ सेवा प्रदान गर्दै आएको अछामको बयलपाटा अस्पताल आर्थिक संकटमा छ । अस्पताललाई विगत लामो समयदेखि सहयोग गर्दै आइरहेको विदेशी संस्था पोसिवल हेल्थले हात झिकेपछि आर्थिक संकट भएको हो । न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले बयालपाटा अस्पताल सञ्चालन गर्दै आइरहेको छ ।

Read more

परराष्ट्रमन्त्री एनपी साउँद आज अछाम आउने

परराष्ट्रमन्त्री एनपी साउँद आज अछाम आउने भएका छन् । चौरपाटी गाउँपालिकाको नव निर्मित भवन उद्घाटनका लागि आजै मन्त्री साउँद अछाम पुग्ने कार्यक्रम रहेको चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले जानकारी दिए ।

Read more

चौरपाटी गाउँपालिकाको नव निर्मित भवन प्ररराष्ट्र मन्त्री एन पि साउँद द्वारा उद्घाटन हुने

चौरपाटी गाउँपालिकाको नव निर्मित भवन प्ररराष्ट्र मन्त्री एन पि साउँद द्वारा उद्घाटन हुने

Read more

वर्षौं देखिको खानेपानीको समस्या समाधान, नागरीकका सबै समस्या समाधान गर्नुछ - नगर प्रमुख कुँवर

वर्षौं खानेपानीको समस्या भोग्दै आएका साँफेबगर नगरपालिका ३ सिद्धेश्वर बासिन्दाहरुको अहिले घरघरमा खानेपानी पुगेको छ । सिद्धेश्वरका नौलाकोट,बस्ती गाउँ,माझरुम्टा,चाफातोलाका,खैराला,शंखबेल,टोटासा,कोलगडा,गोलीगाउँ,रातीमाटाका करिब एकसय भन्दा बढी घरधुरीलाई खानेपानी बितरण गरिएको छ । यी टोलहरुले बर्षाेदेखि खानेपानीको चरम अभाव भोग्दै आएका थिए ।

Read more

चौरपाटि गाउँपालिका १३ विद्यालयमा सरसफाई र पोषण सम्बन्धि वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत चौरपाटि गाउँपालिका शिक्षा शाखा द्धारा संचालित आधारभुत तह कक्षा ८ सम्म सञ्चालित वक्तृत्वकला प्रतियोगिता बिहिबार सम्मपन्न भएको छ । चौरपाटि गाउँपालिकाका १३ वटा विद्यालयमा जेठ २९ गते देखि सुरु गरीएको कार्यक्रम ७ गते बिहिबारका दिन चौरपाटि गाउँपालिकाको सिउँडि मा.बि. सिउँडिमा गरी सम्पन्न भएको थियो ।

Read more

चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक

अछाम जिल्लाको चौरपाटि गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । चौरपाटि गाउँपालिका अध्यक्ष भिम बहादुर साउँदको सभा अध्यक्षतामा भएको चौरपाटि गाउँपालिकाको दोस्रो गाउँ सभाको तेस्रो अधिनेसनले अगामि आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

Read more

बयालपाटा अस्पताललाई प्रदेस सरकारबाट ९ करोड विनियोजन

आर्थिक बर्ष २०८०/०८१ मा सुदूरपश्चिम प्रदेस सरकारबाट ९ करोड विनियोजन गरीएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेसका अर्थमन्त्रि नरेश कुमार शाहिले प्रस्तुत गरेको बजेटको पुर्णपाठमा नसमेटिए पनि बयालपाटा अस्पताललाई रकम विनियोजन गरीएको सुदूरपश्चिम प्रदेसका अर्थमन्त्रि नरेश कुमार शाहिले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । विशेष स्रोतका अनुसार बयालपाटा अस्पताललाई प्रदेस सरकारले गत बर्ष जतिकै ९ करोड को बजेट विनियोजन गरेको पाईएको छ ।

Read more

अटेरी प्रदेस सरकार, न अनुदान दिन्छ, न स्वामित्व लिन्छ

सुदूरपश्चिम प्रदेसको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट  शुक्रबार अर्थमन्त्रि नरेश कुमार शाहिले प्रदेस सभामा सार्वजनिक गरे । अर्थमन्त्रि शाहिले बजेट पेश गर्दै गर्दा दुर दराजका लाखौं आम सर्वसाधारण हरु कुन शिर्षकमा कति बजेट विनियोजन भयो भन्दापनि विगत केहि बर्ष यता आर्थिक अभाव झेल्दै आईरहेको बयालपाटा अस्पताल लाई कति बजेट आउँछ भनेर सुन्न आँतुर थिए । तर बिडम्बना बजेटको पुर्णपाठमा अछामको बयालपाटा अस्पतालको नाम कहिँ कतै आएन । बरु बाजुरा र दार्चुलामा च्याँङ्ग्रा पालनका लागि करोडौं बजेट विनियोजित भयो । त्यस्तै मुख्य मन्त्रि कमल बहादुर शाहको क्षेत्रका दुई सरकारकै स्वामित्वमा रहेका अस्पतालमा करोडौं बजेट छुट्याईयो ।

Read more

बाजुरा र दार्चुलामा च्याङग्रा पालनका लागी १ करोड २० लाख विनियोजन

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बजेट सार्वजनिक गरेको छ ।

Read more

प्रदेस सरकारको अनुदानबाट फेरी पन्छाईयो बयालपाटा अस्पताल

सूदुरपश्चिम प्रदेस र कर्णालि प्रदेसका अघिकांस जिल्लाका बासिन्दालाई पन्ध्र बर्ष देखि निशुल्क उपचार सेवा दिँदै आईरहेको अछामको बयालपाटा अस्पताललाई फेरि पनि सुदूरपश्चिम प्रदेस सरकारले पन्छाएको छ । २०६५ सालदेखि बिरामिको नाम दर्तादेखि चेकजाँच, औषधि, खाना र आवाससहित अन्य कुनैपनि शीर्षकमा शुल्क नलाग्ने बयालपाटा अस्पताललाई केन्द्र सरकार र प्रदेस सरकारले पटक पटक अनुदानका लागि पन्छाउने गरेको छ ।

Read more

चौरपाटी गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन जनप्रतीनिधी र कर्मचारी दुबैको हातेमालो जरुरी छ - अध्यक्ष साउँद

चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले चौरपाटी गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन जनप्रतीनिधी र कर्मचारी दुबैको हातेमालो जरुरी रहेको बताएका छन । आर्थीक बर्ष २०७९/०८० को बार्षिक बजेट तथा कार्यक्रमको सार्वजनिक समिक्षा कार्यक्रममा बोल्दै अध्यक्ष साउँदले पालिकाको समग्र विकासका लागी कसै एक जनाको प्रयासले सम्भव नभएर सम्पुर्ण जनप्रतीनिधि, कर्मचारी र आम जनताले हातेमालो गर्दै लाग्नु पर्ने बताएका छन ।

Read more

अछाम १ प्रदेस क मा महमन्त्री खड्काको प्रतिद्वन्दी भन्दा दोब्बर भन्दा बढी मतको अग्रता

अछाम निर्वाचन क्षेत्र न १ प्रदेस सभा क मा प्रदेस सभा सदस्यतर्फ नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेसका महामन्त्री  मेघराज खड्काले आफ्ना प्रतिद्वन्दी भन्दा दोब्बर भन्दा बढी मतको अग्रता हासिल गर्नुभएको छ। महामन्त्री खड्काले प्रदेस क अन्तर्गत पर्ने साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका १५ वडा बाट अग्रता लिनुभएको हो ।

Read more

अछाम १ प्रदेस क मा महमन्त्री खड्काको सुरुवाती अग्रता

अछाम निर्वाचन क्षेत्र न १ प्रदेस सभा क मा प्रदेस सभा सदस्यतर्फ नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेसका महामन्त्री  मेघराज खड्काले सुरुवाती अग्रता हासिल गर्नुभएको छ। महामन्त्री खड्काले प्रदेस क अन्तर्गत पर्ने साँफेबगर नगरपालिका १,२,१३,१४ बाट अग्रता लिनुभएको हो ।

Read more

अछाम क्षेत्र न १ बाट शेर बहादुर कुँवर विजयी

नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् नेकपा एकिकृत समाजवादिका सुदुरपश्चिम प्रदेश उपाध्यक्ष शेर बहादुर कुँवर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। अछाम क्षेत्र न १ बाट १९ हजार ५३४ मत ल्याउँदै कुँवर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गरेका छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४३९२ मत प्राप्त गरेका छन ।

Read more

अछाममा गाउँ केन्द्रित भयो चुनाव प्रचारप्रसार

आगामी मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अछामका अधिकांश राजनीतिक दल, तिनका कार्यकर्ता र उम्मेदवार गाउँ तथा वडा केन्द्रित चुनावी प्रचारप्रसारमा छन् । चुनावी प्रचार–प्रसारका क्रममा दलका उम्मेदवार अन्तिम समय आइपुग्दा गाउँ तथा नगरका प्रत्येक वडा–वडामा केन्द्रित भएका छन्

Read more

मैले जिन्दगीमा निष्ठाको राजनिती त्यागेको छैन - महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री मेघराज खड्काले आफुले आफ्नो ४ दशक भन्दा बढी लामो राजनितिक यात्रामा कहिले पनि बिचलित नभएर निष्ठाको राजनिती नत्यागेको बताउनुभएको छ । अछाम जिल्लाको साँफेबगरमा आयोजित चुनावी आम सभालाई सम्बोधन गर्दै आफुले लामो राजनितिक यात्रामा आफ्नो व्यत्तिगत लाभ कहिलेई नहेरेको बताउनु भयो । "कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन" मतलब "कर्म गर फलको चिन्ता नगर" को सिद्धान्तमा आफु सदैब अडिक रही हमेसा समाज र उत्पिडित वर्गको उत्थानको लागी लागी परेको महामन्त्री खड्काले बताउनुभयो । नेपाली कांग्रेसका महामन्त्री मेघराज खड्काले आफुले आफ्नो ४ दशक भन्दा बढी लामो राजनितिक यात्रामा कहिले पनि बिचलित नभएर निष्ठाको राजनिती नत्यागेको बताउनुभएको छ ।

Read more
Page 1 of 8