Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कमलबजारमा सञ्चालनमा आउन लागेको पिसिआर मेसिनको जिल्ला स्तरिय टोलिद्धारा अनुुगमन

कमलबजारमा सञ्चालनमा आउन लागेको पिसिआर मेसिनको जिल्ला स्तरिय टोलिद्धारा अनुुगमन


पबित्रा खड्का  भदौ १० , अछाम

अछाम जिल्लाको कमलबजारमा सञ्चालनमा आउन लागेको पिसिआर मेसिनको जिल्ला स्तरिय एक टोलिद्धारा अनुुगमन गरेको छ ।विश्वभरी महामरीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ कोरना भाइरसको परीक्षणको दायरालाई बढाएर कोरोनाको जोखिमलाई कम गर्ने उद्देश्यले कमलबजार नगरपालिका र अछामका केहि स्थानीय तहको सहयोगले संञ्चालनमा आउन लागेको पिसिआर मेसिन जडान गर्ने काम के कसरी अगाडि बडिरहेको छ र नगरपालिकाले स्थापना गरेको क्वारेनटाइन र आइसोलेसनको अवस्थाको बारेमा बुझ्न् जिल्लाको एक टोलि कमलबजार आएको हो ।

पिसिआर मेसिन, क्वारेन्टाइन, आइसोलेसनको अनुुगमनपछी जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुुँवरले छिटोभन्दा छिटो पिसिआर मेसिन सञ्चालनमा ल्याउन नगर प्रमुुख ओम प्रकाश बिष्टलागायत नगरपालिकाको टिमलाई अनुुरोध गर्नु भएको छ । पिसिआर मेसिन सफल रुपमा सञ्चालन गर्न अछामका सबै स्थानीय तहले सहयोग गर्नुु पर्ने धारणा राख्नुभयो । उहाँले आफुु र आफनो कार्यालयबाट हुने सहयोगमा प्रतिबद्ध रहेको बताउनुु भयो । यस्तै प्रमुुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्ययले नगरपालिकामा रहेका क्वारेन्टाईन र आइसोलेसनको अवस्था तुुलनात्मक रुपमा राम्रो रहेको बताउनुुभयो । पिसिआर मेसिन सञ्चालनमा आवश्यक रुपमा समन्वय र सहजिकरणमा जुुनसुुकै बेला पनि सहयोग गर्न तयार रहेको बताउनुुभयो ।

अनुुगमन टोलिसँगको छलफलमा कामलबजार नगरपालिका नगर प्रमुख ओमप्रकाश बिष्टले पिसिआर मेसिनका धेरै उपकरण आएर जडान भइसकेको र केहि उपकरणहरु बन्दका कारण आउन ढिलाई भएको तर अबको एक हप्ता भित्र सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिनुुभयो । जिल्ला समन्य समितिका प्रमुख नर बहादुर कुुँवरको संयोजकत्मा आएको टोलिमा जिल्ला समन्य समितिका उपप्रमुुख टोप बहादुर रावल, प्रमुुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यय, सहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादव, अछामका प्रहरी प्रमुख योगेन्द्र सिंह थापा, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना, अनुुसन्धान अधिकृत नरेश बम, कमलबजार नगरपालिका नगर उपप्रमुख भुुमिसरण ढकाल बजगाई, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक बहादुर बिष्ट ,पत्रकार महासंघ अछामका सदस्य अमर धामीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया