Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

कमलबजारमा सञ्चालनमा आउन लागेको पिसिआर मेसिनको जिल्ला स्तरिय टोलिद्धारा अनुुगमन

कमलबजारमा सञ्चालनमा आउन लागेको पिसिआर मेसिनको जिल्ला स्तरिय टोलिद्धारा अनुुगमन


पबित्रा खड्का  भदौ १० , अछाम

अछाम जिल्लाको कमलबजारमा सञ्चालनमा आउन लागेको पिसिआर मेसिनको जिल्ला स्तरिय एक टोलिद्धारा अनुुगमन गरेको छ ।विश्वभरी महामरीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ कोरना भाइरसको परीक्षणको दायरालाई बढाएर कोरोनाको जोखिमलाई कम गर्ने उद्देश्यले कमलबजार नगरपालिका र अछामका केहि स्थानीय तहको सहयोगले संञ्चालनमा आउन लागेको पिसिआर मेसिन जडान गर्ने काम के कसरी अगाडि बडिरहेको छ र नगरपालिकाले स्थापना गरेको क्वारेनटाइन र आइसोलेसनको अवस्थाको बारेमा बुझ्न् जिल्लाको एक टोलि कमलबजार आएको हो ।

पिसिआर मेसिन, क्वारेन्टाइन, आइसोलेसनको अनुुगमनपछी जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुुँवरले छिटोभन्दा छिटो पिसिआर मेसिन सञ्चालनमा ल्याउन नगर प्रमुुख ओम प्रकाश बिष्टलागायत नगरपालिकाको टिमलाई अनुुरोध गर्नु भएको छ । पिसिआर मेसिन सफल रुपमा सञ्चालन गर्न अछामका सबै स्थानीय तहले सहयोग गर्नुु पर्ने धारणा राख्नुभयो । उहाँले आफुु र आफनो कार्यालयबाट हुने सहयोगमा प्रतिबद्ध रहेको बताउनुु भयो । यस्तै प्रमुुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्ययले नगरपालिकामा रहेका क्वारेन्टाईन र आइसोलेसनको अवस्था तुुलनात्मक रुपमा राम्रो रहेको बताउनुुभयो । पिसिआर मेसिन सञ्चालनमा आवश्यक रुपमा समन्वय र सहजिकरणमा जुुनसुुकै बेला पनि सहयोग गर्न तयार रहेको बताउनुुभयो ।

अनुुगमन टोलिसँगको छलफलमा कामलबजार नगरपालिका नगर प्रमुख ओमप्रकाश बिष्टले पिसिआर मेसिनका धेरै उपकरण आएर जडान भइसकेको र केहि उपकरणहरु बन्दका कारण आउन ढिलाई भएको तर अबको एक हप्ता भित्र सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिनुुभयो । जिल्ला समन्य समितिका प्रमुख नर बहादुर कुुँवरको संयोजकत्मा आएको टोलिमा जिल्ला समन्य समितिका उपप्रमुुख टोप बहादुर रावल, प्रमुुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यय, सहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादव, अछामका प्रहरी प्रमुख योगेन्द्र सिंह थापा, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना, अनुुसन्धान अधिकृत नरेश बम, कमलबजार नगरपालिका नगर उपप्रमुख भुुमिसरण ढकाल बजगाई, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक बहादुर बिष्ट ,पत्रकार महासंघ अछामका सदस्य अमर धामीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया