Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा तथा योजना तर्जुुमा गोष्ठिको उदघाटन कार्यक्रम कमलबजारमा सुरु

स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा तथा योजना तर्जुुमा गोष्ठिको उदघाटन कार्यक्रम कमलबजारमा सुरु


पबित्रा खड्का  भदौ १० ,अछाम

कमलबजार नगरपालिकाको आर्थिक बर्ष २०७६/७७ को स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा तथा योजना तर्जुुमा गोष्ठिको उद्घाटन कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ । बार्षिक समिक्षा तथा योजना तर्जुुमा गोष्ठि कमलबजार नगरपालिकाको आयोजनामा भएको हो । नगरपालिकाका प्रमुख ओमप्रकाश बिष्टको अध्यक्षतामा भएको गोष्ठीका प्रमुख अथिति जिल्ला समन्यय समिति अछामका प्रमुख नरबहादुर कुँवर रहनुु भएको थियो । प्रमुख अथितिको आसनबाट बोल्दै कुुँवरले स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्न स्वास्थ्यकर्मीलाई अनुुरोध गर्नुभयो । स्वास्थ्य क्षेत्रमा राम्रो कार्यक्रम ल्याउन पनि उहाँले सुुझाव दिनुु भयोे ।

कार्यक्रममा विशिष्ट अथितिको आसनबाट बोल्दै प्रमुुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्ययले स्वास्थ्यकर्मीलाइ विभिन्न ठाउँबाट दुर्व्यवहार हुने गरेको र यस्तो कार्य कसैले पनि नर्गन हुन अनुुरोध गर्नुु भएको छ । कोरना भाईरस महामारीको रुपमा फैलिरहेको अवस्थामा स्वस्थ्यकर्मीको मनबोल उच्च राख्न सक्नुु पर्ने धारणा व्यक्त गर्नुुभयो । यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख टोप बहादुर रावल, सहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोत यादब, अछामका प्रहरी प्रमुख योगेन्द्र सिह थापा, अनुसन्धान अधिकृत नरेश बम विशिष्ट अथिति रहनु भयको थियो । कमलबजार नगरपालिका उपप्रमुख भुुमिसरण बजगाइले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा कोभिड -१९ कोरना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि हालसम्म गरिएका महत्वपुुर्ण क्रियाकलाप तथा गत बर्ष असाढ सम्मको खर्च विवरणका बारेमा कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर बिष्टले जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रको उद्देश्य र नयाँ रणनिति तय गर्ने बारे जनस्वास्थ्य अधिकृत एवम कमलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुुख चक्रबहादुर बिष्टले जानकारी गराउनु भयो ।

२ दिन सम्म चल्ने बार्षिक समिक्षा तथा योजना तर्जुुमा गोष्ठिको सहजिकरण जिल्ला स्वास्थ्य कार्यलयका बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुुंगाना, कमलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत चक्र बहादुुुर बिष्ट, हेल्थ असिस्टेन्ट टेक बहादुर बिष्ट लगायतले गरि रहनुु भएको छ । १० ओटै वडाका वडा अध्यक्ष र नगर भित्र कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको कार्यक्रको सञ्चालन स्वास्थ्य शाखाका टंक भण्डारीले गर्नुु भएको थियो ।

 

 

 

प्रतिक्रिया