Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३१ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

गिताको घर निर्माणका लागी तरुण दलका क्षेत्रिय सभापति कडायतले गरे १५ हजार बढिको सहयोग

गिताको घर निर्माणका लागी तरुण दलका क्षेत्रिय सभापति कडायतले गरे १५ हजार बढिको सहयोग

आफ्नो घर भत्काउन दिएर आगोबाट बजार बचाएकि गिता

साँफेबगर नगरपालिका ८ बयालपाटा निवासी तथा नेपाल तरुण दल अछाम क्षेत्र नं. १ का सभापति जनक कडायतले साँफेबगर हाटबजारको आगलागी रोक्न आफ्‌नै घरमा डोजर चलाउन अनुमति दिने गिता कठायत कुँवरको घर निर्माणका लागि १५ हजार १ सय १५ रुपैयाँ सहयोग गरेका छन् । आज आफ्नो जन्मदिनको अवसरमा सभापति कडायतले पिडित लाई राहत स्वरुप सहयोग गरेको बताए ।

साँफेबगर नगरपालिका वडा नं. ३ मा यहि बैशाख १३ गते बिहान ३ः२० बजे भएको बिनाशकारी आगलागि हुँदा १० पसल पुर्ण रुपमा नष्ट भएका थिए । सोहि आगलागि लामो समयसम्म नियन्त्रण नहुँदा स्थानिय बासि गिता कुँवरले आफनो पक्की घर भतकाउन अनुमति दिँदा थप आगो फैलिन नपाएर नियन्त्रणमा आएको थियो । तिनै गिता कुँवरको घर निर्माणका लागि चलाईएको सहयोग अभियानमा सभापति कडायतले १५ हजार १ सय १५ रुपैयाँ सहयोग गरेका हुन् । एकल महिला भएर पनि बजारमा आगो फैलिन नदिन आफ्नो घरमा डोजर चलाउन लगाउने साहसी महिलालाई आफुले मात्र नभएर सबैले सहयोग गर्नु पर्ने सभापती कडाएतले बताए । 

साँफेबगर नगरपालिका ३ हाटबजारमा आगलागी हुँदा  ३ करोड  भन्दा बढीको क्षति भएको छ । १० पसल जलेका छन् ।  जिल्ला प्रहरी कार्यालको प्रारम्भिक तथाक अनुसार आगलागीबाट ३  करोड ८६ लाख ६५ हजारको क्षति भएको छ ।

शनिवार विहान भएको आगलागीबाट गंग कुँवरको कालभैरव एण्ड सन्स जनरल स्टोर, प्रेम खड्काको शुभेच्छा ममः सेन्टर, भिमकुँवरको रोड साईड रेष्टुरेन्ट, दिपक सुनारको कालभैरव सुनचाँदि पसल,  ज्ञानेन्द्र कुँवरको डाग ग्यालरी, टीका कुँवरको टीका फेन्सीएण्ड व्युटी पार्लर, सुरेस कुँवरको शितल नास्ता पसल, किशोर भाटको मदिरा पसल, मक्र कुँवरको रिभर साईड नास्ता पसल, सुमनकुँवरको राज्यश्वरी कृषि तथा पशुपछि फर्म जलेका थिए ।

प्रतिक्रिया