Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आफ्नो घर भत्काउन दिएर आगोबाट बजार बचाएकि गिता

आफ्नो घर भत्काउन दिएर आगोबाट बजार बचाएकि गिता

वर्षौंको मिहिनेतले बनाएको पक्की घर भत्काउन लगाएर गिता कठायतले आगोबाट साँफे हाटबजार जोगाउन त सघाइन्, तर आफ्नो श्रीसम्पत्ति भत्केपछि समस्यामा परेकी छन्।

गिता कठायत कुँवर सधैं जसो कामबाट फर्केर राति खाना खाई छोरी संगै सुतेकि थिईन ।  राति एक्कासि ‘आगो लाग्यो’ भन्ने कोलाहल संगै नेपाल बैंकको साईरन कानमा ठोक्कियो। नजिकै अर्को घरमा बस्ने उनकि जेठानि जनक कुँवरले उठाएर जानकारी गर्दा उनको निन्द्रा खुल्यो । बाहिर हेर्दा दनदनी आगो बलेको थियो। उनकि जेठानि गुहारको आवाज सहित सबैलाई उठाउन ब्यस्त थिईन, आगोको लप्का उनकै घरतिर सोझिंदै थियो। उनि हतारिंदै बाहिर निस्किइन्।उनको घर छेउका पसलहरुमा आगो दन्किसकेको थियो। स्थानीय बासिन्दा, नगर प्रमुख लगाएतका जनप्रतिनिधि र प्रहरी आगो निभाउन तल्लीन थिए। जति गर्दा पनि आगो नियन्त्रण गर्न सकिएको थिएन।

आगलागी पछिको साँफेहाटबजार आगलागी पछिको साँफेहाटबजार 

यो अछामको साँफेबगर नगरपालिका–३, साँफे हाटबजारको घटना हो। बैशाख  १३ गते बिहान ३ बजेतिर स्थानीय व्यापारी प्रेम खड्काको शुभेच्छा मम सेन्टरमा विद्युत सर्ट भएर पसलमा आगो सल्कियो । एक पसल, दुई पसल हुँदै आगो बजारमा फैलियो। राति को समयमा भएर धैरै नभएपनि भएजतिका स्थानीय बासिन्दा तत्कालै आगो निभाउन खटिए। उनीहरू सँगै जनप्रतिनिधि पनि आए । लगत्तै नेपाल प्रहरी र ससत्र प्रहरीको टोली पनि आइपुग्यो । सबै लाग्दा पनि आगो नियन्त्रणमा आउन सकेन।

भाँडाकुँडाले जति पानी हाल्दा पनि केही सीप चलेन। दमकल त स्थानिय पालिकामा थिएन नै, एक घण्टा बित्यो, आगो नियन्त्रणमै आएन। झन् झन् फैलिन थाल्यो। साँफे हाटबजारमा डेढ सयभन्दा बढी घर पसलहरु छन्। प्रायजसो सबै आपसमा जोडिएका छन्। त्यसकारण पनि पूरै बजार सखाप हुने जोखिम थियो। आगो लागेको केहि बेरमै ७ वटा पसल जलिसकेका थिए।

डोजरले भात्काईएको गिता कठाएत कुँवरको घर डोजरले भात्काईएको गिता कठाएत कुँवरको घर 

आगो फैलिन नदिने एउटै उपाय थियो, अगाडिको घर भत्काउने। आफ्नो घर भत्काउन कोही तयार थिएनन्। २८ वर्षीया गिता भने आफ्नो पक्की घर भत्काउन तयार भइन्। “आँखै अगाडि सबैका पसल जलिसकेका थिए। मेरो घरका दुई शटरमा एउटामा रेष्टुरेन्ट र अर्कोमा  सुनचाँदि पसल थियो। त्यहाँ पनि आगो सल्कीन लागिसकेको थियो,” गिता त्यो क्षण सम्झिँदै भन्छिन्, “आगोलाई अगाडि बढ्नबाट रोक्न मेरो पक्की घर भत्काउन पर्थ्यो । बरु मेरै घर जाओस्, अरू त जोगिएला भन्ने सोचेर भत्काउन दिएँ।”

उनका अनुसार हावाको तिब्र बेग भएकाले आगो तलतिर सोझिंदै थियोे। उनको घर अगाडि रहेका सात वटा पसल पनि जलेर नष्ट भएका थिए। “आगोको बाटो रोक्न घर भत्काउनै पर्थ्यो,” उनी भन्छिन्, “मेरो घर भत्काएपछि आगो निभ्यो।”

सोहि घरमा रहेको रोड साईड रेष्टुरेन्टका संचालक एवम् नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ का सचिव भिम बहादुर कुँवर पनि अन्तिम विकल्पका रूपमा गिताको घर भत्काएको बताउँछन्। “बिहान ३ः२० बजे शुरू भएको आगलागी लामो समयसम्म नियन्त्रणमा आएको थिएन। गिताको घर अगाडि भएका मोबाईल पसल र कष्मेटिक पसल जले। ”हावाको गति तिब्र भएकाले पानीले निभाउन सकिएन। अझ अरु घर र पसल लहरै थिए। केही सीप नलागेपछि पक्की घर डोजर लगाएर भत्कायौं।”

पक्की घरमा डोजर चलाउन दिन त गितालाई पनि धकै लागेको थियो। जिल्ला प्रहरी कार्यालय, अछामका अनुसार आगलागीमा १० पसल जलेका छन्।  जिल्ला प्रहरी कार्यालको प्रारम्भिक तथाक अनुसार आगलागीबाट ३  करोड ८६ लाख ६५ हजारको क्षति भएको छ । पसल र घरहरूको भौतिक क्षतिको गणना गरिएको छैन। डोजरले भत्काएपछि आगो निभ्यो। तर गिताको घर पनि जल्यो। घरसँगै सरसामान पनि नष्ट भए।

सबै खरानी भए

साँफे हाट बजारमा आगो लागेको तिन दिन भयो। त्यसपछिका तीन दिन हावाहुरी चल्यो । बैशाख १५ गतेबाट भने आकाश खुलेको छ। घाम लाग्न थालेको छ। स्थिति सामान्य हुँदै गएको छ। तर घर भत्के देखि गिताको मनमा घाम लागेको छैन। “श्रीमानको अन्तिम चिनो थियो त्यो पनि रहेन” उनी पीडा सुनाउँछिन्। घर ढलेसँगै दैनिकी पनि खलबलिएको छ। काममा फर्किन सकेकी छैनन्। उनी वाक नेपालमा कार्यरत छिन् । “अफिस जान मनले मानेको छैन,” गिता भन्छिन्। उनी घरमा एक्लै छोरी संग बस्थिन्। श्रीमान्‌को ४ वर्षअघि सडक दुर्घटनामा मृत्यु भएको थियो । घरसँगै उनको श्रीमानको अन्तिम नासो पनि रहेन ।” यति बोल्दा उनको आवाज अवरुद्ध भयो।

घर भत्के सँगै जले सबै सम्झना  

माईति घर डोटिको दिपायल सिलगढी नगरपालिका वडा नं ७ सिलगढी भएकि गिताका साँफेबगर नगरपालिका ३ निवासि सुरजन कुँवर संग विवाह भयो। विवाहपछि गिताका दम्पति साँफे हाटबजारमा रेष्टुरेन्ट संचालन गरी बस्न थाले। जीवन राम्रैसँग चलिरहेको थियो, तर एकाएक सुरजनको सडक दुर्घटनामा ज्यान गयो । त्यसपछिका वर्ष उनका लागि सकसपूर्ण रहे। सुरजनको मृत्युपछि गर्वमा ६ महिनाकी छोरी, मन भरी पिडाले  पसल चलाउन सकिनन्। बिस्तारै पसल छुट्यो। एक्लैले जसोतसो छोरी हुर्काइन्।

२०७९ सालमा वाक नेपालमा काम पाइन्। चिनजानका सबैले सहयोग गरेर जागीरका लागि पहल गरिदिएको उनी बताउँछिन्। त्यसपछि दैनिकी सहज बन्दै गयो। छोरी नजिकैको बोर्डिङ स्कुलमा पढ्छिन । वाक नेपालकै जागीरले जसोतसो गुजारा चलिरहेको थियो। उनी बसिरहेको घर  श्रीमान्‌ले बनाएका थिए। त्यसैले डोजर लगाउनुअघि झस्किएकी थिइन्। “भित्र–बाहिर गर्दा उहाँको याद मेटाउने बहाना थियोे घर,” उनी भन्छिन्। हाल सम्म भाई बुहारी र छोरीलाई कुनैपनि हालतमा बिचलित हुन नदिएको र अबका दिनमा पनि बिचलित हुन नदिने उनका जेठाजु स्थानिय समाजसवीे मोहन कुँवर बताउँछन । अफ्‌टयारो अवस्थामा सहयोग गरीदिन कुँवरले सबै सरकारी तथा गैर सरकारी निकाय लगायत आम जनसमुदाय लाई आग्रह गरेका छन् । 

पुनर्निर्माणको पर्खाइ

गितालाई मात्र होइन, आगलागीमा घर जलेका १० परिवारलाई नै कसरी घर बनाउने भन्ने चिन्ता छ। कतिपयका त ऋण काढेर पसलमा राखेका सरसमान पनि जलेका छन्। दैनिकी चलाउने मेलोमेसो नै बिग्रिएको छ।
साँफे हाटबजार आगलागी पीडितका लागि १० लाख रुपैयाँ दिने सुदूरपश्चिम प्रदेश सरकारले निर्णय गरेको छ। त्यस्तै, साँफेबगर नगरपालिकाले ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

स्थानीय सरकारले क्षतिको विवरण संकलन गरिरहेको स्थानिय जनप्रतिनिधि बताउँछन्। जनप्रतिनिधि भन्छन्, “पुनर्निर्माणका लागि प्रदेश र संघीय सरकारलाई गुहार्छौं।”

गितालाई पनि स्थानीय सरकारले घर बनाइदेला भन्ने आश छ । बर्खा लाग्नै लाग्यो। पाल हालेर पनि बस्न सकिने अवस्था छैन । गिता लगाएत आफ्‌नो सर्वस्व गुमाएका १० पसलका परिवार पुननिर्माणको पर्खाईमा छन् । उता साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर पुन निर्माण र आगलागि पिडितको व्यवस्थापनका लागि स्थानिय सरकारले तिनै तहका सरकार लगाएत सरकारी र गैर सरकारी निकाए संग समन्वय गरीरहेको बताउछन् । विपदको यस घडिमा स्थानिय सरकारले तत्काल राहत लगाएतका अन्य योजना अघि बढाएको नगर प्रमुख कुँवरको भनाई छ ।

प्रतिक्रिया