Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बाजुराको ‘अर्गानिक’ स्याउ उपभोक्ताको रोजाइमा

बाजुराको ‘अर्गानिक’ स्याउ उपभोक्ताको रोजाइमा

बाजुरा जिल्लामा उत्पादन भएको अर्गानिक (जैविक) स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेको छ। बाजुराको हावापानीमा फलेको अर्गानिक स्याउ रसिलो र स्वादिष्ट हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको होे। 

वर्षभरि भारतबाट आयात हुने स्याउ किनमेल गर्ने बानी परेका स्थानीय उपभोक्ता स्वदेशमै उत्पादन भएको स्याउ आफ्नै बजारमा पाउँदा खुशीसमेत देखिएका छन्। बाजुराको स्याउ खरिद गर्दै गरेको भेटिनुभएका धनगढीका दानसिंह बोगटीले भने, “स्याउ स्वादिलो मात्र नभई भारतीय क्षेत्रबाट आउने स्याउको बजार मूल्यभन्दा सस्तो पनि छ।”   

जिल्लाको उत्तरपूर्वी क्षेत्रका स्वामीकार्तिक, जुकोट, जगन्नाथ, पाण्डुसैनलगायतका क्षेत्रमा स्याउको उत्पादन हुने गरेको छ।  तराईका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा बाजुराको स्याउ पर्न थाले पनि यसको ढुवानी गर्न भइरहेको समस्याले सहजरूपमा बजारीकरण गर्न समस्या हुने गरेको छ। 

सुर्खेत–बाजुरा जोड्ने (कर्णाली करिडोर)को सडक र सिलगढी– साँफे–मार्तडी–कोल्टी जोड्ने सडक भत्किएका कारण उत्पादित स्याउ शहरी क्षेत्रमा पुर्याउन कठिनाइ भइरहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मीनप्रसाद जैशीले बताए। “बारीमा अर्गानिक स्याउ फलेको छ, बजारका उपभोक्ताको जिब्रो रसाइरहेको छ”, जैशीले भने, “तर ढुवानीको समस्या भइरहँदा उत्पादित स्याउ बारीमा नै कुहिने समस्या छ।”

धनगढीका टोलटोलमा पुगेरस्याउ बिक्री गरिरहेका स्थानीय सुरेन्द्र थापाले पछिल्लो एक हप्ताभित्र दुई हजार २०० किलो स्याउ बिक्री भएको र थप स्याउ मगाइएको बताए।

“स्याउ उत्पादनस्थलमा शुरुमा मान्छे, त्यसपछि कतिपय ठाउँमा खच्चर र ट्र्याक्टरमार्फत ढुवानी गरी कोल्टी विमानस्थल पुर्याइयो”, थापाले भने, “कोल्टीबाट हवाई जहाजमार्फत नेपालगञ्ज हुँदै ट्रकमा धनगढीसम्म ढुवानी गर्नु पर्यो।” दुई सय ३० हेक्टर जग्गामा गरिएको स्याउ खेतीबाट यो वर्ष ७०० मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

‘जसले खायो, उसले स्वाद थाहा पायो’ भन्ने नारासहित त्यहाँ उत्पादन भएको स्याउ धनगढी लगायतका शहरी क्षेत्रमा बजारीकरण गर्न थालिएको छ। यसको बजारीकरण गर्नका लागि कृषि ज्ञान केन्द्रले कृषकलाई कार्टुन उपलब्ध गराउनुका साथै ढुवानीको सहयोग गरेको छ। धनगढी, अत्तरियालगायतका शहरी क्षेत्रको फलफूल बजारमा बढी परिमाणमा भारतका विभिन्न शहरबाट भित्रिने स्याउको कारोवार हुँदै आएको छ।

स्याउ फल्ने गाउँमा कुनै समय एक दाना स्याउको एक रुपैयाँमा पाउने गरेका किसानले विस्तारै स्याउको मूल्य पाउन थालेको कृषि ज्ञान केन्द्रका प्रमुख जैशी बताउछन्। “गएको वर्ष कृषकले प्रतिकिलो रु १५ देखि २५ पाएका थिए”, जैशीले भने, “यस वर्ष प्रतिकिलोको ४० देखि ५० सम्म मूल्य पाउन थालेका छन्।” स्याउ उत्पादन हुने क्षेत्रमा शीतभण्डार गृह र स्याउको जाम, जुस र वाइनको प्रशोधन केन्द्र स्थापनाको पहल भइरहेको छ। 

प्रदेश सरकारले मुख्यमन्त्री कृषि विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा स्याउ उत्पादन हुने क्षेत्रका किसानलाई लक्षित गरी ५० लाख बजेट विनियोजन गरेको छ। यो बजेटबाट स्याउ खेतीको क्षेत्र विस्तारका साथै स्याउ ढुवानीमा अनुदानलगायतमा सहयोग गर्न लागिएको जनाइएको छ।

प्रतिक्रिया