Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

डडेल्धुरामा जडान भयो पीसीआर मेसिन, आजदेखि सञ्चालनमा आउने

डडेल्धुरामा जडान भयो पीसीआर मेसिन, आजदेखि सञ्चालनमा आउने

धनगढी : नागरिकस्तरबाट चन्दा संकलन गरी खरिद गरिएको पीसीआर मेसिन डडेल्धुरामा जडान गरिएको छ। ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्धारा चन्दा संकलन गरी खरिद गरिएको मेसिन डडेल्धुरामा जडान गरिएको हो।

‘धनगढी प्रयोगशालामा परीक्षण गरिएका स्वाबका नमूनाहरुको पुन परीक्षण भईरहेको छ,’ डडेल्धुरा उपक्षेत्रीय अस्पतालका अध्यक्ष करुणाकर ओझाले भने, ‘आजदेखि प्रयोगशाला पूर्ण रुपमा सञ्चालनमा आउनेछ।’

उनका अनुसार उपक्षेत्रीय अस्पताल डडेल्धुराका प्रयोगशाला प्रमुख ईश्वरी भुसाल, धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका ईञ्चार्ज रमेश शाही र काठमाडौबाट आएका ईञ्जिनियर सहितको टोलीले पिसिआर मेसिनको गुणस्तर परीक्षण गरिहेको हो। 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका ईञ्चार्ज शाहीले मेसिनको भ्यालिडेसन भईरहेको बताए। ‘धनगढीमा परीक्षण गरिएका स्वावको पुनः परीक्षण पछि डडेल्धुरामा संकलित स्वाब परीक्षण गरिनेछ,’ उनले भने, ‘डडेल्धुरामा परिक्षण गरिएका स्वाबको नमूनालाई धनगढीस्थित प्रयोगशाला पुनः परीक्षण गरिनेछ।’

उनले आजदेखि प्रयोगशाला पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी दिए। पीसीआर मेसिन सञ्चालनमा आएको खवरले अत्यन्त उत्साही भएका ह्युमानिटी फाउण्डेसनका  अध्यक्ष श्याम तायलले बताए। उनले भने, ‘आज हाम्रो एउटा मिसन पुरा भएको छ। यसले कोरोना परीक्षणबाट बञ्चित सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दालाई ठूलो राहत मिल्नेछ।’

पीसीआर मेसिनको अभावमा सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दाहरु परीक्षणबाट बञ्चित भईरहेका बेला ह्युमानिटी फाउण्डेसनले सुदूरपश्चिम समाज अमेरिकाको सहकार्यमा डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान शुरु गरेको थियो।

यो अभियानमा विश्वका बिभिन्न मुलुकमा रहेका सुदूरपश्चिमेली अगुवा र सुदूरपश्चिम समाजहरुले साथ दिएका थिए। करीव ९६ लाख रुपैँयामा स्थापना भएको यो मेसिनले एक सिफ्टमा ९६ जना र एक दिनमा तीन सय ८४ जनाको स्वावको नमूना परीक्षण गर्ने बताइएको छ। मेसिनको सम्पूर्ण खर्च ह्युमानिटी फाउण्डेसनले व्यहोर्नेछ। दिनेश खबर

प्रतिक्रिया