Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

डडेल्धुरामा जडान भयो पीसीआर मेसिन, आजदेखि सञ्चालनमा आउने

डडेल्धुरामा जडान भयो पीसीआर मेसिन, आजदेखि सञ्चालनमा आउने

धनगढी : नागरिकस्तरबाट चन्दा संकलन गरी खरिद गरिएको पीसीआर मेसिन डडेल्धुरामा जडान गरिएको छ। ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्धारा चन्दा संकलन गरी खरिद गरिएको मेसिन डडेल्धुरामा जडान गरिएको हो।

‘धनगढी प्रयोगशालामा परीक्षण गरिएका स्वाबका नमूनाहरुको पुन परीक्षण भईरहेको छ,’ डडेल्धुरा उपक्षेत्रीय अस्पतालका अध्यक्ष करुणाकर ओझाले भने, ‘आजदेखि प्रयोगशाला पूर्ण रुपमा सञ्चालनमा आउनेछ।’

उनका अनुसार उपक्षेत्रीय अस्पताल डडेल्धुराका प्रयोगशाला प्रमुख ईश्वरी भुसाल, धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका ईञ्चार्ज रमेश शाही र काठमाडौबाट आएका ईञ्जिनियर सहितको टोलीले पिसिआर मेसिनको गुणस्तर परीक्षण गरिहेको हो। 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका ईञ्चार्ज शाहीले मेसिनको भ्यालिडेसन भईरहेको बताए। ‘धनगढीमा परीक्षण गरिएका स्वावको पुनः परीक्षण पछि डडेल्धुरामा संकलित स्वाब परीक्षण गरिनेछ,’ उनले भने, ‘डडेल्धुरामा परिक्षण गरिएका स्वाबको नमूनालाई धनगढीस्थित प्रयोगशाला पुनः परीक्षण गरिनेछ।’

उनले आजदेखि प्रयोगशाला पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी दिए। पीसीआर मेसिन सञ्चालनमा आएको खवरले अत्यन्त उत्साही भएका ह्युमानिटी फाउण्डेसनका  अध्यक्ष श्याम तायलले बताए। उनले भने, ‘आज हाम्रो एउटा मिसन पुरा भएको छ। यसले कोरोना परीक्षणबाट बञ्चित सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दालाई ठूलो राहत मिल्नेछ।’

पीसीआर मेसिनको अभावमा सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दाहरु परीक्षणबाट बञ्चित भईरहेका बेला ह्युमानिटी फाउण्डेसनले सुदूरपश्चिम समाज अमेरिकाको सहकार्यमा डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान शुरु गरेको थियो।

यो अभियानमा विश्वका बिभिन्न मुलुकमा रहेका सुदूरपश्चिमेली अगुवा र सुदूरपश्चिम समाजहरुले साथ दिएका थिए। करीव ९६ लाख रुपैँयामा स्थापना भएको यो मेसिनले एक सिफ्टमा ९६ जना र एक दिनमा तीन सय ८४ जनाको स्वावको नमूना परीक्षण गर्ने बताइएको छ। मेसिनको सम्पूर्ण खर्च ह्युमानिटी फाउण्डेसनले व्यहोर्नेछ। दिनेश खबर

प्रतिक्रिया