ताजा अपडेट
सुदूरपश्चिमको मौलिक पर्व ‘पुसे पन्ध्र’, बातै हालेर काटिन्छ रात
धनगढी । आज पुस १५, सुदूरपश्चिम प्रदेशमा पुसे पन्ध्र पर्व मनाइँदै छ । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीका अनुसार पुसे पन्ध्र पर्व सुदूरपश्चिम प्रदेशको मौलिक पर्व हो ।
‘आजको रातलाई सबैभन्दा ठुलो मान्ने चलन यहाँ छ,’ उनले भने, ‘रातभर आगो बालेर जाग्राम बस्ने चलन छ । मिठा परिकार पनि खाने चलन छ । तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूलका साथै लाउन, बाबर, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका परिकार खाने चलन छ ।’
डा. जोशीका अनुसार डोटेली लोकसंस्कृतिमा लोक कथा, दन्त्य कथा र बातै सुन्ने तथा सुनाउने पर्वको रुपमा पनि पुसे पन्ध्र पर्वलाई लिने गरिन्छ । ‘यो पर्वमा कतै १५ हात लामो काठ जलाएर आगो ताप्ने परम्परा छ भने कतै १५ प्रकारका परिकार खाने पनि चलन छ,’ उनले भने ।
यो पर्वमा रातभर नसुत्ने परम्परा रहेको हुँदा रात काट्नैका लागि कुनै गाउँमा डेउडा खेल्ने चलन पनि रहेको छ । आजको दिन सुदूरपश्चिममा घाँस काट्ने हँसिया, दाउरा चिर्ने बञ्चरो नचलाउने चलन रहेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया