Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछाम मंगलसेन का दुई जना सहित सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पुष्टि

अछाम मंगलसेन का दुई जना सहित सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना पुष्टि भएको छ। धनगढीमा शुक्रबार भएको परीक्षणमा ९ महिला र ३० पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका १० जना, डोटीको आर्दश गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौलीका तीनजना, मंगलसेन अछामका दुईजना, चुरे गाउँपालिका कैलालीका दुईजनामा कोरोना पुष्टि भएको हो।

यस्तै बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेराका, डोटीको शिखर नगरपालिका, केआइसिह गाउँपालिका र कैलालीको टीकापुरका एक/एक जनामा कोरोना पुष्टि भएको छ।

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६९ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए। सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार नाघेको छ भने पुष्टि भएका सात जनाको मृत्यु भएको छ।

बीहिबार मात्र सुदूरपश्चिममा अहिले सम्मकै सबैभन्दा बढि चार सय ४६ जनामा कोरोना पुष्टि भएको थियो। – दिनेश खबर

प्रतिक्रिया