ताजा अपडेट
पछिल्लो २४ घन्टामा थप ८९ जनामा कोरोना संक्रमण,४२ जना निको भए
काठमाडौँ - पछिल्लो २४ घन्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार ३ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार जनाएको हो ।
यससँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ ।
सोमवार ४२ जना संक्रमित निको भएका छन् । हालसम्म मुलुकभर कोरोना निको हुनेको संख्या २ लाख ७० हजार ९ सय २७ पुगेको छ ।
मुलुकभर सक्रिय संक्रमितको संख्या ८ सय ७२ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ रहेको छ । हालसम्म ३ हजार ११ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया