Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २१ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

तलब नपाएको भन्दै प्रदेश अस्पताल सुर्खेतका स्वास्थ्यकर्मी आन्दोलित

तलब नपाएको भन्दै प्रदेश अस्पताल सुर्खेतका स्वास्थ्यकर्मी आन्दोलित

सुर्खेत-  तलब नपाएको भन्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत करार स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । दुई महिनादेखि तलब नपाएको भन्दै विशेषज्ञ सेवा अन्तर्गतका ५८ जना करार स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् ।

फागुन मसान्तभित्र आफ्ना माग सुनुवाइ नभए चैत १ गतेदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन् । ल्याब टेक्निसियन भक्तबहादुर बीसीका अनुसार आन्दोलित स्वास्थ्यकर्मीहरुले अस्पतालका निर्देशक डा। डम्बर खड्का, मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै फागुन मसान्तभित्र तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।


प्रदेश अस्पतालका निर्देशक डा। खड्काले भने प्रदेशको सामाजिक विकास मन्त्रालयबाट पर्याप्त बजेट नआउँदा विशेषज्ञ करारका कर्मचारीलाई तलब सुविधा दिन नसकिएको बताए ।

चालु आर्थिक वर्षको भदौमै बजेट अभाव भएपनि अस्पतालले विभिन्न स्रोत जुटाएर पुससम्मको तलब खुवाएको तर, माघदेखि भने खुवाउन नसकिएको डा। खड्ककाले बताए । ‘हामीले भदौयता विभिन्न स्रोतहरु जुटाएर तलब र सेवा सुविधा दियौं । तर, अब सबै स्रोतहरु सकिएको छ,’ खड्काले भने, तलब सुविधाको लागि प्रदेश सरकारसँग पटक–पटक माग गरेपनि बजेट आउन सकेको छैन ।’

कर्णाली प्रदेश सरकार गठन भएसँगै विशेषज्ञ सेवा विस्तार निर्देशिकामार्फत प्रदेशका विभिन्न अस्पतालहरुमा करारमा विशेषज्ञ कर्मचारी राखेको थियो । जसअन्तर्गत प्रदेश अस्पताल सुर्खेतमा मात्रै ५८ जना विशेषज्ञ करार स्वास्थ्यकर्मी छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ