ताजा अपडेट
पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण, ६३ जना डिस्चार्ज
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। ३ हजार ४८८ स्वाब नमूना परीक्षण गराउँदा १०४ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा ४६ महिला ५८ पुरुष छन्। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ।
यस्तै बुधबार थप ६३ जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९८.६ प्रतिशत हो।
देशभर ९११ सक्रिय संक्रमित रहेका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ। बुधबार कोरोनाबाट कसैको पनि मृत्यु एको छ।
यस्तै अहिले ५५ जना क्वारेन्टिन र ९११ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया