Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेपालमा आरडीटी परीक्षण बन्द हुने

नेपालमा आरडीटी परीक्षण बन्द हुने

काठमाडौँ – सरकारले कोरोना भाइरस पहिचानका लागि गर्दै आएको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बन्द गर्ने भएको छ। आरडीटी परीक्षण बन्द गनुपर्ने लगायत माग राखेर आमरण अनशनमा बसेका ‘इनफ इज इनफ’ अभियानमा युवाहरुसँग सरकारले यस्तो सहमति गरेको हो।

आज भएको १२ बुँदे सहमतिको तेस्रो बुँदामा ‘कोभिड–१९ पहिचानमा लागि आरडीटी प्रयोग स्थगित गर्ने’ उल्लेख छ। साथै पीसीआर परीक्षणका लागि सरकारले तयार गरेको मापदण्ड परिमार्जन गर्ने सहमति पनि भएको छ।

क्वारेन्टिनमा रहेका व्यक्तिको पीसीआर परीक्षण गरेर नतिजा नेगेटिभ आएमात्र समाजमा पुनस्र्थापना गराउने सहमति पनि दुई पक्षबीच भएको छ। सहमतिपत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र डा. समिरकुमार अधिकारी तथा अनशनकारीको तर्फबाट ईः र पुकार बमले हस्ताक्षर गरेका छन्।

कोरोना भाइरसको पहिचानका लागि आरडीटी विधि प्रभावकारी नभएको विज्ञहरुले बताउँदै आएका छन्। विभिन्न देशमा भएका अध्ययनले पनि यो विधि प्रभावकारी नभएको निष्कर्ष निकालेका छन्। धेरै देशले यो परीक्षण विधि रोकिसकेका छन्।

नेपालमा भने सुरुवातदेखि नै सरकारले आरडीटीमा परीक्षणमा जोड दिँदै आएको छ। अहिलेसम्म ३ लाख ११ हजार ७२४ जनाको आरडीटी विधिबाट परीक्षण भएको छ। आरडीटीभन्दा पीसीआर परीक्षण कम भएको छ। २ लाख ५५ हजार ७२८ जनाको पीसीआर परीक्षण भएको छ। – नेपाल समय

प्रतिक्रिया