Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

नेपालमा आरडीटी परीक्षण बन्द हुने

नेपालमा आरडीटी परीक्षण बन्द हुने

काठमाडौँ – सरकारले कोरोना भाइरस पहिचानका लागि गर्दै आएको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बन्द गर्ने भएको छ। आरडीटी परीक्षण बन्द गनुपर्ने लगायत माग राखेर आमरण अनशनमा बसेका ‘इनफ इज इनफ’ अभियानमा युवाहरुसँग सरकारले यस्तो सहमति गरेको हो।

आज भएको १२ बुँदे सहमतिको तेस्रो बुँदामा ‘कोभिड–१९ पहिचानमा लागि आरडीटी प्रयोग स्थगित गर्ने’ उल्लेख छ। साथै पीसीआर परीक्षणका लागि सरकारले तयार गरेको मापदण्ड परिमार्जन गर्ने सहमति पनि भएको छ।

क्वारेन्टिनमा रहेका व्यक्तिको पीसीआर परीक्षण गरेर नतिजा नेगेटिभ आएमात्र समाजमा पुनस्र्थापना गराउने सहमति पनि दुई पक्षबीच भएको छ। सहमतिपत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र डा. समिरकुमार अधिकारी तथा अनशनकारीको तर्फबाट ईः र पुकार बमले हस्ताक्षर गरेका छन्।

कोरोना भाइरसको पहिचानका लागि आरडीटी विधि प्रभावकारी नभएको विज्ञहरुले बताउँदै आएका छन्। विभिन्न देशमा भएका अध्ययनले पनि यो विधि प्रभावकारी नभएको निष्कर्ष निकालेका छन्। धेरै देशले यो परीक्षण विधि रोकिसकेका छन्।

नेपालमा भने सुरुवातदेखि नै सरकारले आरडीटीमा परीक्षणमा जोड दिँदै आएको छ। अहिलेसम्म ३ लाख ११ हजार ७२४ जनाको आरडीटी विधिबाट परीक्षण भएको छ। आरडीटीभन्दा पीसीआर परीक्षण कम भएको छ। २ लाख ५५ हजार ७२८ जनाको पीसीआर परीक्षण भएको छ। – नेपाल समय

प्रतिक्रिया