ताजा अपडेट
मिठो स्वरको धनी मेलिना राई र पविन्द्र सुनारको ‘दिन्छौकी मायाले’ रिलिज (भिडियोसहित)
काठमाडौं - नेपाल लोकस्टारका टप ५ प्रतिस्पर्धी पविन्द्र सुनार र चर्चित गायिका मेलिना राईको सुमधुर स्वरमा रहेको गित ‘दिन्छौकी मायाले’ भर्खरै मात्र सार्वजनिक भएको छ ।
चर्चित सिंगिङ रियालीटी सो नेपाल लोकस्टारको सिजन वानमा गायक पविन्द्र टप ५ मा पर्न सफल भएका थिय । लामो समय देखि गितको तयारीमै रहेका पविन्द्रको यो पहिलो गित हो ।
ज्ञानेन्द्र गिरीको शब्द संगितमा तयार यस गितमा बिशाल निरौलाको एरेन्जर तथा मिक्सिङ मास्टरिङ रहेको छ । गितलाई अलंकार रेकर्डिङ स्टुडियोबाट रेकर्ड गरिएको हो ।
राजिव समरले निर्देशन गरेको गीतमा कलाकार पल शाह र प्रियाना आचार्यको अभिनय रहेको छ । गितलाई आज (शनिबार) नमस्ते पल्स अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया