ताजा अपडेट
चीनले अनुदान दिएको ८ लाख डोज कोरोनाको ‘भेरासेल’ खोप काठमाडौं ल्याइँदै
काठमाडौं- छिमेकी मित्रराष्ट्र चीनले अनुदान दिएको ८ लाख डोज कोरोनाविरुद्धको ‘भेरासेल’ खोप आज काठमाडौं ल्याइँदै छ। कोभिसिल्डभन्दा महँगो चिनियाँ खोप भेरासेल चीन सरकारले नेपाललाई सहयोग सरुप दिएको हो। चिनको सिनोभ्याक बायोटेक कम्पनीले उत्पादन गरेको उक्त खोप २ देखि ८ डिग्री सेल्सियसम्म भण्डारण गर्न सकिने बताइएको छ। यो खोपको पनि दुई मात्रा लगाउनुपर्छ।
खोप लिन आइतबार बेइजिङ पुगेको नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज आज राति खोप बोकेर फर्किन लागेको हो। जहाज स्थानीय समयानुसार अपराह्न साढे ४ बजे बेइजिङबाट उड्नेछ र राति साढे ८ बजे काठमाडौं (त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल) आइपुग्ने बताइएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया