ताजा अपडेट
चीनले अनुदान दिएको ८ लाख डोज कोरोनाको ‘भेरासेल’ खोप काठमाडौं ल्याइँदै

काठमाडौं- छिमेकी मित्रराष्ट्र चीनले अनुदान दिएको ८ लाख डोज कोरोनाविरुद्धको ‘भेरासेल’ खोप आज काठमाडौं ल्याइँदै छ। कोभिसिल्डभन्दा महँगो चिनियाँ खोप भेरासेल चीन सरकारले नेपाललाई सहयोग सरुप दिएको हो। चिनको सिनोभ्याक बायोटेक कम्पनीले उत्पादन गरेको उक्त खोप २ देखि ८ डिग्री सेल्सियसम्म भण्डारण गर्न सकिने बताइएको छ। यो खोपको पनि दुई मात्रा लगाउनुपर्छ।
खोप लिन आइतबार बेइजिङ पुगेको नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज आज राति खोप बोकेर फर्किन लागेको हो। जहाज स्थानीय समयानुसार अपराह्न साढे ४ बजे बेइजिङबाट उड्नेछ र राति साढे ८ बजे काठमाडौं (त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल) आइपुग्ने बताइएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै
-
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान
-
खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
प्रतिक्रिया