Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कोरोना खोप निर्यातमा रोक लगाएको छैन: भारत

कोरोना खोप निर्यातमा रोक लगाएको छैन: भारत

 भारतले कोरोना खोपको निर्यातमा रोक नलगाए पनि आन्तरिक मागलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

भारतको विदेश मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्छीले नेपालले पाउनु पर्ने खोपको आपूर्तिमा भइरहेको ढिलाईका सम्बन्धमा कान्तिपुरले सोधको प्रश्नमा त्यस्तो धारणा राखेका हुन् । ‘भारतले निर्यातमा कुनै रोक लगाएको छैन । तर, हामीले आन्तरिक मागलाई ध्यानमा राख्दै निर्यात गर्ने हो’ बाग्छीले भने । उनले खोप प्राथमिक रुपमा आन्तरिक खपतका लागि भएको समेत उल्लेख गरेका छन् ।

भारतको सेरम इन्स्टिट्युटले अग्रिम भुक्तानी पाइसके पनि १० लाख डोज खोप अझै पठाएको छैन । सेरमले पछिल्लो पटक २० चैतसम्म १० लाख डोज खोप दिने प्रतिबद्धता जनाएको थियो । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार कम्पनीले शुक्रबार साँझसम्म पनि खोप पठाउने सम्बन्धमा केही खबर गरेको छैन । ‘कुनै खबर आएको छैन, यदि पठाउन चाहेको भए त दुईरतीन दिन अगाडि नै पत्राचार हुन्थ्यो’ स्वास्थ्य एक अधिकारीले कान्तिपुरसँग टेलिफोनमा भने ।

नेपाल सरकारले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेनेकाद्वारा विकसित र सेरमद्वारा उत्पादित २० लाख डोज कोभिशिल्ड खोपका लागि ८० प्रतिशत रकम अग्रिम भुक्तानी गरेको थियो । तर, सेरमले १० लाख डोजमात्र पठायो । बाँकी १० लाख डोज कहिले पठाउने भन्नेमा अन्योल कायमै रहेको छ ।

सेरमले बाँकी १० लाख डोज समयमै नपठाउँदा नेपालको खोप कार्यक्रम नै अवरुद्ध भएको छ ।

प्रतिक्रिया