Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कोरोना खोप निर्यातमा रोक लगाएको छैन: भारत

कोरोना खोप निर्यातमा रोक लगाएको छैन: भारत

 भारतले कोरोना खोपको निर्यातमा रोक नलगाए पनि आन्तरिक मागलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

भारतको विदेश मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्छीले नेपालले पाउनु पर्ने खोपको आपूर्तिमा भइरहेको ढिलाईका सम्बन्धमा कान्तिपुरले सोधको प्रश्नमा त्यस्तो धारणा राखेका हुन् । ‘भारतले निर्यातमा कुनै रोक लगाएको छैन । तर, हामीले आन्तरिक मागलाई ध्यानमा राख्दै निर्यात गर्ने हो’ बाग्छीले भने । उनले खोप प्राथमिक रुपमा आन्तरिक खपतका लागि भएको समेत उल्लेख गरेका छन् ।

भारतको सेरम इन्स्टिट्युटले अग्रिम भुक्तानी पाइसके पनि १० लाख डोज खोप अझै पठाएको छैन । सेरमले पछिल्लो पटक २० चैतसम्म १० लाख डोज खोप दिने प्रतिबद्धता जनाएको थियो । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार कम्पनीले शुक्रबार साँझसम्म पनि खोप पठाउने सम्बन्धमा केही खबर गरेको छैन । ‘कुनै खबर आएको छैन, यदि पठाउन चाहेको भए त दुईरतीन दिन अगाडि नै पत्राचार हुन्थ्यो’ स्वास्थ्य एक अधिकारीले कान्तिपुरसँग टेलिफोनमा भने ।

नेपाल सरकारले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेनेकाद्वारा विकसित र सेरमद्वारा उत्पादित २० लाख डोज कोभिशिल्ड खोपका लागि ८० प्रतिशत रकम अग्रिम भुक्तानी गरेको थियो । तर, सेरमले १० लाख डोजमात्र पठायो । बाँकी १० लाख डोज कहिले पठाउने भन्नेमा अन्योल कायमै रहेको छ ।

सेरमले बाँकी १० लाख डोज समयमै नपठाउँदा नेपालको खोप कार्यक्रम नै अवरुद्ध भएको छ ।

प्रतिक्रिया