Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बयालपाटा अस्पतालमा पिसिआर मेसिन जडान गरिने

बयालपाटा अस्पतालमा पिसिआर मेसिन जडान गरिने

अछाम ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले बयालपाटा अस्पतालमा चाँडै कोरोना भाइरस परिक्षणको लागि पिसिआर मेसिन सञ्चालन ल्याउने तयारी भइरहेको बताउनु भयो। बयालपाटा अस्पतालममा देखिएको समस्या बुझन्को लागि अस्पताल पुग्नु भएका मन्त्री शाहले बयालपाटा अस्पतालममा पिसाआर मेसिन जडानको लागि प्रदेश सरकारबाट बजेट विनियोजित भइसकेको जानकारी दिनु भयो।

पिसिआर मेसिन सञ्चालनको लागि दक्ष जनशक्ति आवश्यक भएका कारण केही ढिलाई भएको बताउँदै उहाँले साउन महिना भित्रै पिसिआर मेसिन जडान गरिने बताउनु भयो। उहाँले पिसिआर मेसिन जडानको लागि रकमको कुनै समस्या नरहेको बताउँदै उहाँले प्राविधिक जनशक्तिका कारण मात्रै केही ढिलाई भएको बताउनु भयो।

केन्द्र सरकारसँग छलफल भईरहेको बताउँदै चाँडै अछाम र बाजुराका जनताको चेकजाँचकोे लागि मेसिन सञ्चालन गरिने बताउनु भयो। यस्तै अर्काे प्रसंगमा बोल्दै उहाँले बयालपाटा अस्पतालमा देखिएको समस्या समाधानको लागि प्रदेश सरकार गम्भीर रहेको बताउनु भयो। उहाँले अहिले ७ करोड बजेट विनियोजित गरेको बताउँदै अझै सहयोग गरिने बताउनु भयो।

तर बयालपाटा अस्पताल विधि सम्बत ढंगले सञ्चालन हुनु पर्नेमा जोड दिनु भयो। कार्यक्रममा सहभागि सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर गोविन्दले अस्पतालको आर्थिक समस्याको लागि स्थानीय, प्रदेश र केन्द्र सरकारबाट पहल भइरहेको अवस्थामा मनोमानी ढंगले कर्मचारी हटाउनु गलत भएको बताउनु भयो। उहाँले बयालपाटा अस्पतालको समस्या समाधानका लागि आफूले पहल गर्दै आएको पनि बताउनु भयो।

कार्यक्रममा सहभागि प्रदेश सभा सदस्य अक्कल रावल र बल बहादुर सोडारीले पहाडी क्षेत्रको नमूना अस्पताल बयालपाटा अस्पतालको स्तर उन्नतीको लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो।

यस्तै जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुँवरले बयालापाटा अस्पताललाई आवश्यक सहयोगको लागि स्थानीय, प्रदेश र संघ सरकारबाट पहल हुनु पर्नेमा जोेड दिनु भयो। यस्तै साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवरले बयालपाटा अस्पतालको सेवालाई गुणस्तरीय बनाउन अछाम सहित बाजुरा र डोटीको स्थानीय सरकारको सहयोग हुनु पर्नेमा जोड दिनु भयो।

छलफल कार्यक्रममा बयालापाटा अस्पतालका सेवा डा.निर्देशक विकास गौचनले अस्पतालका अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो। छलफल कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका संगठन विभाग प्रमुख प्रकाश शाह, सचिवालय सदस्य शिव बहादुर कुँवर शिलोज, नेपाली काँग्रेसका महासमिति सदस्य राजन कुँवर, साँफेबगर नगर उपप्रमुख विर्मला देवि बुड्थापा, वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमराज शर्मा, वडा नम्बर ७ का वडा अध्यक्ष मिठ्ठु सिंह भाट लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया