ताजा अपडेट
नेपालमा कोरोना संक्रमण बढ्दै,गत २४ घण्टामा थपिए ३ सय ३९ संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार पिसिआर परीक्षणमा २९८ र एन्टिजिन परीक्षणमा ४१ गरी ३ सय ३९ जनामा कोरोना पोजिटिभ आएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७८ हजार ८ सय ९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ७४ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ५ सय २९ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल ६५ जना क्वारेन्टाइनमा छन् । नेपालमा पछिल्ला दिनमा संक्रमणको दर बढ्दै गएको छ । संक्रमण बढ्दै गएपछि मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्दै आइरहेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया