ताजा अपडेट
पछिल्लो २४ घण्टामा थपिए २८८ कोरोना संक्रमित , १२७ जना संक्रमणमुक्त
काठमाडौं - पछिल्लो २४ घण्टामा २८८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ४ हजार ७१ वटा नमुनाको परीक्षण गरिएकोमा २८८ जनाको नतिजा पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ । त्यस्तै २४ घण्टामा १२७ जना संक्रमणमुक्त भएपछि नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण कसैको पनि मृत्यु भएको छैन ।
यसअघि बुधबारसम्म नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको थियो । देशभर हाल क्वारेन्टिनमा ८४ जना छन् भने आइसोलेसनमा २६१५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया