ताजा अपडेट
वैशाखभित्रै खोप आपूर्ति गरिदिन सिरमलाई सरकारको पत्र
काठमाडौं - स्वास्थ्य मन्त्रालयले भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई बाँकी १० लाख डोज खोप वैशाखभित्र उपलब्ध गराउन भन्दै तेस्रोपटक पत्राचार गरेको छ ।
सिरमले दिनुपर्ने खोप नआउँदा नेपालको खोप अभियान प्रभावित भएपछि सरकारले पुनः पत्र पठाएको हो ।
गत फागुन ५ गते सरकार र सिरम इन्स्टिच्युटबीच प्रतिखोप चार डलरका दरले २० लाख डोज खरिद गर्ने सहमति भएको थियो ।
बाँकी १० लाख त्यसको एक साता अर्थात फागुन १५ गतेभित्र पठाइसक्नुपर्ने थियो । तर, सिरमले कुनै कारणबिना तत्काल खोप आपूर्ति गर्न नसकिने पत्र नेपाललाई लेखेको थियो ।
खोपका लागि सरकारले ९३ करोड रुपैयाँ सिरमलाई उपलब्ध गराइसकेको छ । भारतभित्रै ब्यापक माग भैरहेको स्थितिमा भारतीय विदेश मन्त्रालयले अस्थायीरुपमा खोप आपूर्तिमा रोक लगाएको विवरण बीबीसीमा आएको थियो ।
तर, विदेश मन्त्रालयले खोप आपूर्तिमा रोक नलगाएको बताइसकेको छ । नेपालमा सिरमले उत्पादन गरेको कोभिसिल्ड खोपलाई झन्डै १८ लाख जनाले लगाइसकेका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया