ताजा अपडेट
सुदूरपश्चिममा आज थप ३ जनामा कोरोना पुष्टि
धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ३ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज ३ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टा परिक्षण गरिएका २६३ नमुना मध्ये ३ जनामा कोरोना पुष्टि भएको अस्पतालका सुचनगा अधिकारी दिलिप कुमार श्रोष्ठले जानकारी दिए । उनले कैलालीको मोहन्याल गाउँपालिकाका वडा नम्बर ३ का ४४ बर्षिय पुरुष, कैलारी गाउँपालिका वडा नम्बर ७ का २५ बर्षिय युवक र दार्चुलाको नौगाढ गाउँपालिका वडा नम्बर ७ का २८ बर्षिय पुरुषमा कोरोना देखिएको बताए ।
पछिल्लो केही दिन यता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर घट्दै गएको छ । यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार नौँ सय १७ पुगेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया