ताजा अपडेट
सुदूरपश्चिममा आज थप ३ जनामा कोरोना पुष्टि
धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ३ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज ३ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टा परिक्षण गरिएका २६३ नमुना मध्ये ३ जनामा कोरोना पुष्टि भएको अस्पतालका सुचनगा अधिकारी दिलिप कुमार श्रोष्ठले जानकारी दिए । उनले कैलालीको मोहन्याल गाउँपालिकाका वडा नम्बर ३ का ४४ बर्षिय पुरुष, कैलारी गाउँपालिका वडा नम्बर ७ का २५ बर्षिय युवक र दार्चुलाको नौगाढ गाउँपालिका वडा नम्बर ७ का २८ बर्षिय पुरुषमा कोरोना देखिएको बताए ।
पछिल्लो केही दिन यता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर घट्दै गएको छ । यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार नौँ सय १७ पुगेको छ।

सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया