Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर केसी स्वास्थ्यकर्मी संग हार्डजोर्नीको अनुभव आदानप्रदान गर्दै

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर केसी स्वास्थ्यकर्मी संग हार्डजोर्नीको अनुभव आदानप्रदान गर्दै

पवित्रा खड्का, अछाम ।

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोबिन्द केसीले बयालपाटा अस्पतालमा हार्डजोर्नीका बिषयमा आफ्नो अनुभव आदानप्रदान गरेका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि हार्डजोर्नीका बिषयमा आईतबार जानकारी दिएका हुन् ।

पछिल्लो समय सुदूरपश्चिमका बिभिन्न पहाडी जिल्लामा पुगेर सेवा दिईरहेका डा. केसी बाजुरा पछि अछाम आईपुगेका हुन् । शुक्रबार साँझ अछाम पुगेका डाक्टर केसी २ दिन बयालपाटा अस्पतालमा बसेर सेवामा सघाउनुका साथै आफ्नो अनुभव स्वास्थ्यकर्मीलाई जानकारी दिईरहेका छन् ।

अस्पतालमा रहँदा डाक्टर केसीको अनुभब र हार्डजोर्नी सम्बन्धी केही सिकाईमा उपलब्धी भएको अस्पतालका हार्डजोर्नी बिशेषज्ञ डाक्टर मन्दीप पाठकले बताए । दुर्गममा हार्डजोर्नी (ट्रमा) को सेवालाई कसरी सहज र गुणस्तरिय बनाउन सकिन्छ भन्ने बिषयमा पनि डाक्टर केसी संग महत्वपुर्ण सल्लाह भएको डा. पाठकको भनाई छ ।

प्राथमिक उपचार देखी पारामेडिकले ट्रमा केयरमा के कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा पनि ज्ञान प्राप्त भएको अस्पतालका एचए महेन्द्र बयकले बताए ।

अछाम पछि डाक्टर केसी कालिकोट जाने कार्यक्रम रहेको बताईएको छ । निशुल्क स्वास्थ्य सेवा दिनका लागि डा. गोबिन्द केसी सुदूरपश्चिम पुगेका थिए ।

डा. केसी संग यसअघि शनिबार साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवँर र अछाम उद्योग बाणिज्य संघका अध्यक्ष महेद्र कडायतको नेतृत्वको टोलीले पनि भेटघाट गरेको थियो ।

प्रतिक्रिया