Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर केसी स्वास्थ्यकर्मी संग हार्डजोर्नीको अनुभव आदानप्रदान गर्दै

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर केसी स्वास्थ्यकर्मी संग हार्डजोर्नीको अनुभव आदानप्रदान गर्दै

पवित्रा खड्का, अछाम ।

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोबिन्द केसीले बयालपाटा अस्पतालमा हार्डजोर्नीका बिषयमा आफ्नो अनुभव आदानप्रदान गरेका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि हार्डजोर्नीका बिषयमा आईतबार जानकारी दिएका हुन् ।

पछिल्लो समय सुदूरपश्चिमका बिभिन्न पहाडी जिल्लामा पुगेर सेवा दिईरहेका डा. केसी बाजुरा पछि अछाम आईपुगेका हुन् । शुक्रबार साँझ अछाम पुगेका डाक्टर केसी २ दिन बयालपाटा अस्पतालमा बसेर सेवामा सघाउनुका साथै आफ्नो अनुभव स्वास्थ्यकर्मीलाई जानकारी दिईरहेका छन् ।

अस्पतालमा रहँदा डाक्टर केसीको अनुभब र हार्डजोर्नी सम्बन्धी केही सिकाईमा उपलब्धी भएको अस्पतालका हार्डजोर्नी बिशेषज्ञ डाक्टर मन्दीप पाठकले बताए । दुर्गममा हार्डजोर्नी (ट्रमा) को सेवालाई कसरी सहज र गुणस्तरिय बनाउन सकिन्छ भन्ने बिषयमा पनि डाक्टर केसी संग महत्वपुर्ण सल्लाह भएको डा. पाठकको भनाई छ ।

प्राथमिक उपचार देखी पारामेडिकले ट्रमा केयरमा के कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा पनि ज्ञान प्राप्त भएको अस्पतालका एचए महेन्द्र बयकले बताए ।

अछाम पछि डाक्टर केसी कालिकोट जाने कार्यक्रम रहेको बताईएको छ । निशुल्क स्वास्थ्य सेवा दिनका लागि डा. गोबिन्द केसी सुदूरपश्चिम पुगेका थिए ।

डा. केसी संग यसअघि शनिबार साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवँर र अछाम उद्योग बाणिज्य संघका अध्यक्ष महेद्र कडायतको नेतृत्वको टोलीले पनि भेटघाट गरेको थियो ।

प्रतिक्रिया