Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कोरोनाको दोस्रो लहर भयावह बन्दै, एकैदिन थपिए २३५१ जना संक्रमित

कोरोनाको दोस्रो लहर भयावह बन्दै, एकैदिन थपिए २३५१ जना संक्रमित

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २२२० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

८ हजार ८८४ जनाको पीसीआर र ८०३ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए ।

डा। गौतमका अनुसार काठमाडौँ उपत्यकमा १०५१ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा कोरोना पुष्टि भएको छ ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८९ हजार ७८७ पुगेको छ ।

यसैगरी २४ घण्टामा २८७ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ९३ पुगेको छ । निको हुनेको दर ९५।३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १० कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ११२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १०,५८२ पुगेको छ । यसअघि हिजो ८,६५९ रहेको थियो ।

प्रतिक्रिया