ताजा अपडेट
चौँबिस घण्टामा थपिए तीन हजार बढी कोरोना संक्रमित,२८ जनाको मृत्यु
काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ हजार २९२ नमुनाको पिसिआर परीक्षण र ७८६ जनाको एन्टिजेन परीक्षण भएको थियो।
त्यसमध्ये पिसिआर विधिबाट ३ हजार ३२ जना र एन्टिजेन विधिबाट ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा ११३२ जना संक्रमित थपिएका छन्।
यससँगै नेपालमा कूल संक्रमितको सङ्ख्या तीन लाख २०९ पुगेको छ।
गत २४ घण्टामा ४५० जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार ५७३ पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २८ जनाको मृत्यु भएको छ। यससँगै देशभर ३ हजार १६४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल देशभर १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया