Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ११ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

कोरोना संक्रमणः कुन जिल्लामा कति संक्रमित थपिए ?

कोरोना संक्रमणः कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौँ- मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३ , उदयपुरमा ७, ओखलढुंगामा २, खोटाङमा २, झापामा १६, धनकुटामा २, भोजपुरमा १, पाँचथर १, मोरङमा ८६, संखुवासभामा ६, सुनसरी ५१ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा २७ , पर्सामा ६७, बारामा २६, महोत्तरीमा ९, रौतहटमा ११, सप्तरीमा १२, सर्लाहीमा १० र सिरहामा १६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १६०२ जनामा कोरोना भेटिएको छ । काभ्रेमा ३१, चितवनमा ८०, दोलखामा ४, धादिङमा १५ , नुवाकोटमा ११, भक्तपुरमा १२४ , मकवानपुरमा ७२, रसुवामा १ , रामेछापमा ११, ललितपुरमा २४०, सिन्धुपाल्चोकमा ११ र सिन्धुली ५ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १२९, गोरखामा १०, तनहुँमा १६, नवलपरासी पूर्वमा १४ , पर्वत ४, मुस्ताङ २, म्याग्दी ८, लमजुङमा ८, बागलुङमा ९ र स्याङ्जामा १४ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २३ , कपिलवस्तुमा ३५, गुल्मीमा १६, दाङमा २३०, नवलपरासीमा २३, पाल्पामा ४५, प्यूठानमा ८, बर्दियाका ८६, बाँकेमा ५१५, रुपन्देहीमा ३८३ र रोल्पामा ४ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ४, जाजरकोटमा २, जुम्ला ४, डोल्पा १, दैलेखमा ९, मुगु २, रुकुम पश्चिममा ७, सल्यानमा ११, सुर्खेतमा ७४ र हुम्लामा २ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ४६, कैलालीमा ३२, डडेल्धुरामा ११, डोटी १, दार्चुला १, बझाङमा २, बाजुरामा १ र बैतडीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुन उमेर समूहमा कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २०(२९ वर्ष उमेर समूहका सबैभन्दा धेरै ११२६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उमेर समूह अनुसार यस्तो छ कोरोना संक्रमितको विवरण-

०-९ वर्ष – १०२
१०-१९ वर्ष – २८२
२०-२९ वर्ष – ११२६
३०-३९ वर्ष – १११५
४०-४९ वर्ष – ७९५
५०-५९ वर्ष – ५२५
६०-६९ वर्ष – २४०
७०-७९ वर्ष – १०३
८०-८९ वर्ष – ३३
९०-१०० वर्ष –१
अज्ञात – ४२

सक्रिय संक्रमितको संख्या २६ हजार नाघ्यो

नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या २६ हजार नाघेको छ ।

पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या २६ हजार २२५ रहेको छ । यसअघि हिजो आइतबारसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ थियो ।

मन्त्रालयको तथ्याक अनुसार नेपालमा हाल १० जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी छ ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० भन्द बढी छ ।

यसअघि हिजो ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका थिए भने आज चितवन थपिएको हो ।

यसैगरी सुनसरी, बारा, मकवानपुर, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कञ्चनपुर र कैलालीमा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

३९९ संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै

नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।

हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ३९९ जना स‌क्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर ८४ जना संक्रमित भेन्टिलेटरमा र ३१५ को आईसीयूमा उपचारत छन्।

मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा २६ जना संक्रमित आईसीयूमा र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको छ । त्यस्तै प्रदेश २ मा हाल आईसीयूमा ८ जना उपचाररत छन् । यसैगरी बाग्मती प्रदेशमा १५२ जना आईसीयूमा र ५७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी गण्डकी प्रदेशमा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७५ जना आईसीयूमा र २१ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा २९ जना आईसीयूमा तथा सुदूरपश्चिम प्रदेशमा २० जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा थप १८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १९४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया