ताजा अपडेट
कमलबजारमा घरेलु मदिरा नष्ट गर्न सक्रिय हुँदै प्रहरी
अमर धामी ,कमलबजार अछाम
इलाका प्रहरी कार्यालय कमलबजार घरेलु मदिरा नष्ट गर्न सक्रिय भएको छ ।
इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ६ सय लिटर घरेलु मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थ र कमलबजार नगरपालिका . ६ बिरपथबाट ल्याउँदै गरेको २० लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र सिंह गुरुको कमान्डमा खटिएको टोलिले कमलबजार नगरपालिका ८ पास्तोलिमा घरेलु मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थसहित भाँडाँकुडा बरामद गरि नष्ट गरेको हो ।
साथै टोलिले नगरपालिकाकै डुंगालामा २५० वटा गाँजाका बिरुवा समेत नष्ट गरेको छ । घरेलु मदिरा बनाउन तथा विक्रिवितरण गर्न गैरकानुनि भएकाले सो कार्यमा संलग्न व्यत्तिलाई नगर कार्यपालिकाको निर्णय अनुसार कारबाहि गरीने इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताउनुभयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया