Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

सेती प्रादेशिक अस्पतालको आइसोलेशन रित्तियो

सेती प्रादेशिक अस्पतालको आइसोलेशन रित्तियो

कैलाली, १० साउन ।

सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेशनमा उपचाररत कोराना सङ्क्रमित उपचार भई सबै जना डिस्चार्ज भएपछि हाल आइसोलेशन वार्ड खाली भएको छ । प्रादेशिक अस्पतालमा ८० जना कोरोना सङ्क्रमित उपचार भएर डिस्चार्ज भएपछि साउन ६ गतेदेखि आइसोलेशन खाली भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सङ्क्रमित र शङ्कास्पद गरी १७३ जना अस्पतालको आइसोलेशनमा भर्ना भएका र उपचारपछि सबै डिस्चार्ज भइसकेको बताउनुभयो ।

सरकारले होम आइसोलेशनमा बस्न पाउने निर्देशिका बनाएसँगै सम्बन्धित स्थानीय तहले पनि आआफ्नो ठाउँमा क्वारेन्टिन तथा आइसोलेशन निर्माण गरेपछि बिरामी आफ्नो पायक पर्ने स्थानमा गई उपचार गराउने भएकाले प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित घटेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

जटिल किसिमका समस्या आएमा मात्र अस्पतालमा उपचारका लागि आउने र जटिल अवस्था पनि छैन, लक्षण पनि देखिएको छैन तर पोजेटिभ देखिएको छ भने बिरामी होम आइसोलेशन अथवा नजिकको स्थानीय निकायको आइसोलेशनमा बस्ने गरेकाले पनि सेतीमा सङ्क्रमित नथपिएको हुन सक्ने उहाँको भनाइ छ ।

प्रादेशिक अस्पतालको आइसोलेशनमा कैलाली, कञ्चनपुरलगायत प्रदेशका नौवटै जिल्लाका कोरोना सङ्क्रमित बिरामी रही उपचार गराएको बताइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमितको उपचारका लागि भन्दै सेती प्रादेशिक अस्पतालअन्तर्गत रहने गरी धनगढीमा ५० श्ययाको छुट्टै कोरोना अस्पताल निर्माण गरेको थियो ।  नेपालपत्र

प्रतिक्रिया