ताजा अपडेट
सुदूरपश्चिममा थपिए ५७ जना कोरोना संक्रमित
बुधवार धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ।सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार १९ महिला र ३८ पुरुष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा दुई सय जनाको कोरोना परीक्षण भएकोमा डोटीका ३७, कैलालीका ८, कञ्चनपुरका ८ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको हो।
सबैभन्दा बढि डोटीको आदर्श गाउँपालिकामा ३७ जनामा कोरोना देखिएको छ। उनीहरु मध्ये १४ महिला र २३ पुरुष रहेका छन्। चार जना भने एक बर्षमूनीका बालबालिका समेत रहेको छन्।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ पुरुष र १ महिला गरी ५ जना, बेलौरी नगरपालिकाका २ पुरुष र १ महिला गरी तीन जनामा समेत कोरोना पुष्टि भएको छ। सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको भजनी नगरपालिकाका ३ पुरुष र २ महिला गरी ५ जना, बर्दगोरीया गाउँपालिकाका २ पुरुष र १ महिला गरी ३ जनामा पनि कोरोना पुष्टि भएको छ।
डडेल्धुराको परशुराम नगरपालिकाका चार पुरुषमा समेत कोरोना पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार तीन सय ८४ पुगेको छ। महेन्द्रनगरपोष्ट

सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया