Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

जबरजस्ती थोपेको नेतृत्व मान्दैनौ, कांग्रेस बाहेक अरु जान्दैनौ

जबरजस्ती थोपेको नेतृत्व मान्दैनौ, कांग्रेस बाहेक अरु जान्दैनौ

नेपाली कांग्रेसको स्थापनाकालदेखि निरन्तर कांग्रेस र बहुदलको पक्षमा वकालत गरेको परिवारको मान्छे हुँ । हामीले हरेक निर्वाचनमा कांग्रेसलाई मतदान गर्यौँ । 

मतदान गरेकाले हाम्रा परिवारका केही अग्रजहरु विस्थाापित भए । तापनि त्यहीबेलादेखि आजसम्म नडगमगाएर हामीले निरन्तर कांग्रेसको पक्षमा मतदान गर्दै आएका छौँ। हामी सधैँ लोकतन्त्रको पक्षमा छौँ ।

त्यतिबेला मंगलसेनमा कांग्रेसविरुद्ध लाग्ने, कांग्रेस हराउन दरबारबाट सञ्चलितहरु, कांग्रेसजनलाई लखेट्न सघाउने व्यक्तिहरू आज नेतृत्वमा छन् । उनै नेतालाई हामीले भोट हालिरहेका छौँ । कतिबेला सम्म यो निरन्तरता चलिरहने हो, थाहा छैन । तर यतिबेला नेपाली कांग्रेसले हामीलाई न्याय गर्छ भन्ने विश्वास लिएका छौँ । हामी निरन्तर भोटरका रुपमा मात्रै प्रयोग भएर अवसर नपाउँदा पनि विचलित भएका छैनौं ।

तर, पार्टीभित्र मूल्याङ्कन, रूपान्तरण, न्याय, समानता र पुस्ता हस्तान्तरण गरिएन भने पक्कै विद्रोह हुन्छ । त्यसैले यतिबेला मंगलसेनमा हामीलाई न्याय दिन समीक्षा हुनेमा विश्वस्त छौं । हरेक दृष्टिकोणले नेतृत्व लिन सक्षम भएको जानकारी गराउँदै मंगलसेनका लागि मेरो सशक्त दाबी रहनेछ । न्याय गर्ने नगर्ने कुरा पार्टीको जिम्मा छाडेको छु ।

म त्यो परिवार बाट हुर्केको मान्छे हुँ, जुन इतिहास सम्झेर वर्तमानको प्रतिनिधित्व गर्ने प्रयासमा छु । हाम्रो परिवारबाट मेरा जेठा बाजे कृतिसिंह स्वाँरले २०१९ सालमा मंगलसेनको उप–प्रधानपञ्च र २०२० सालमा प्रधानपञ्चको जिम्मेवारी समाल्नु भएको थियो । यसैगरी ठूला बुवा पूर्णबहादुर स्वाँर र ठूलाबुवा मोतीसिंह स्वारले मंगलसेन गाउँपञ्चायतको नेतृत्व समाल्नु भएको थियो । त्यही राजनीतिक परिवार र बहुदलीय व्यवस्थाका पक्षमा जनमत बटुल्न लागेका परिवारको मान्छे हुँ ।

हाम्रा पुर्खाको यो इतिहास छ, यो इतिहासलाई अछाम कांग्रेसले यति बेला उच्च सम्मानसहित मूल्यांकन गर्ने आशा गरेको छु । हाम्रो मुख्य नेतृत्वकर्ता आदरणीय हजुरबुवा स्वर्गीय ताराप्रसाद ढुंगाना, साक्षी आदरणीय सम्माननीय व्यक्तित्व जगतबहादुर शाह (बाबु साहेव) उहाँहरुलाई हाम्रो परिवारको विस्तृत जानकारी छ । स्वर्गीय बाजे डम्बरबहादुर स्वाँर र मकरबहादुर स्वाँरको मार्गदर्शनले जुराएको यो राजनितिक अवसरका लागि धन्यवाद !

जय नेपाल


 

प्रतिक्रिया