ताजा अपडेट
भौतिक दुरी कायम गर्न विश्व स्वास्थ्य संगठनको अपील
१९ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि एकअर्कामा भौतिक दुरी कायम गर्न सबैलाई अपील गरेका छन् ।
नेपालमा लकडाउन खुला गरेपछि पछिल्लो समय कोरोना संक्रमण बढ्दो छ । मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगर्दा पनि संक्रमण बढ्दै गएको छ ।
विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्याण्डेलर भन्छन्, ‘हामीले एक अर्काबीच कम्तीमा १ मिटरको दुरी कायम गरेर यो रोगको संक्रमणलाई धेरै हदसम्म रोक्न सक्छौं । हामी आफै संक्रमित भए अरुलाई पनि संक्रमण बनाउन सक्छौं ।’
भौतिक दुरी कायम गर्न नसकिने ठाउँमा मास्क प्रयोग गर्न समेत उनले सुझाएका छन् । भ्याण्डेलर भन्छन्, ‘अर्को सरल उपाय नियमित हात धुने पनि हो । मेरो सबै नेपालीलाई बिनम्र अनुरोध छ, दूरी बढाउँ, संक्रमणबाट जोगिऔं ।’ अनलाइनखबरबाट
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया