ताजा अपडेट
भौतिक दुरी कायम गर्न विश्व स्वास्थ्य संगठनको अपील
१९ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि एकअर्कामा भौतिक दुरी कायम गर्न सबैलाई अपील गरेका छन् ।
नेपालमा लकडाउन खुला गरेपछि पछिल्लो समय कोरोना संक्रमण बढ्दो छ । मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगर्दा पनि संक्रमण बढ्दै गएको छ ।
विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्याण्डेलर भन्छन्, ‘हामीले एक अर्काबीच कम्तीमा १ मिटरको दुरी कायम गरेर यो रोगको संक्रमणलाई धेरै हदसम्म रोक्न सक्छौं । हामी आफै संक्रमित भए अरुलाई पनि संक्रमण बनाउन सक्छौं ।’
भौतिक दुरी कायम गर्न नसकिने ठाउँमा मास्क प्रयोग गर्न समेत उनले सुझाएका छन् । भ्याण्डेलर भन्छन्, ‘अर्को सरल उपाय नियमित हात धुने पनि हो । मेरो सबै नेपालीलाई बिनम्र अनुरोध छ, दूरी बढाउँ, संक्रमणबाट जोगिऔं ।’ अनलाइनखबरबाट
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया