Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

४१ जिल्लाका ३६० जनामा कोभिड-१९ को संक्रमण पुष्टि, काठमाडौंमा मात्र भेटिए ७६ जना संक्रमित

४१ जिल्लाका ३६० जनामा कोभिड-१९ को संक्रमण पुष्टि, काठमाडौंमा मात्र भेटिए ७६ जना संक्रमित

 पछिल्लो २४ घण्टामा ४१ जिल्लामा कोभिड-१९ का संक्रमित फेला परेका छन्। देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६२२ जनाको नमुना परीक्षणका क्रममा ३६० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमितहरुको संख्या २१ हजार ७५० पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ६५ पुगेको छ

त्यस्तै, थप २३३ संक्रमित डिस्चार्ज भएका छन्। संक्रमण पुष्टि भएकामध्ये हालसम्म १५ हजार ३८९ जना संक्रमित निको भइसकेका छन्।

कुन जिल्लामा कति संक्रमित?

पछिल्लो २४ घण्टामा पुष्टि भएकामध्ये सबैभन्दा बढी काठमाडौंमा छन्। काठमाडौंका ७६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ। त्यस्तै, पर्साका ४२ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, कपिलवस्तुका ३२ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका ८, मोरङका १ र सुनसरीका १५ जना तथा कोशी अस्पताल प्रयोगशालामा इलामका १५ र मोरङका १३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, प्रादेशिक प्रयोगशला विराटनगरमा भएको परीक्षणमा मोरङका १० र सुनसरीका ४ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा धनुषाका २३, महोत्तरी, सर्लाही र सिरहाका १/१ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए।

नारायणी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा महोत्तरी र रौतहटका १/१ तथा पर्साका ४१ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाजुराका ३, गोरखाका ४, काठमाडौंका २५, कपिलवस्तुका २१ र सर्लाही ७ जनामा संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालामा भक्तपुरका १, भोजपुरका २, दोलखाका १, काभ्रेका १, काठमाडौंका १५ र ललितपुरका १ तथा भरतपुर अस्पताल प्रयोगशालामा चितवनका १ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय किटजन्य रोग अन्वेषण प्रयोगशाला हेटौंडामा बाराका १३, मकवानपुरका ४ तथा रौतहट, काठमाडौं, रुपन्देही र सर्लाहीका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

वीर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका ३ तथा धनुषा, महोत्तरी, नुवाकोट, रामेछाप र सिरहाका १/१ जनामा संक्रमण पुष्टि भएको छ। त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा बारा, गुल्मी, कञ्चनपुर, उदयपुर र काभ्रेका १/१ जना तथा काठमाडौंका ५ जनामा संक्रमण पुष्टि भएको छ। केन्द्रीय प्रहरी अस्पताल प्रयोगशाला काठमाडौंमा काठमाडौंकै १३ जनामा संक्रमण पुष्टि भएको छ।

स्टार अस्पताल प्रयोगशालामा काठमाडौंका ४ तथा ललितपुर र पर्साका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

विध ल्याबमा ललितपुरका ६ तथा ह्याम्स अस्पताल प्रयोगशालामा ललितपुरकै १ र काठमाडौंका ९ जनामा संक्रमण पुष्टि भएको छ।

नेपाल कोरिया मैत्री अस्पताल प्रयोगशालामा दाङका १ तथा वीरेन्द्र सैनिक अस्पताल प्रयोगशालामा काभ्रे र काठमाडौंका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

क्षेयरोग उपचार केन्द्र प्रयोगशाला पोखरामा भएको परीक्षणमा गोरखाका २ तथा कास्की र पर्वतका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका १, प्युठानका ५ र दाङका २ जनामा संक्रमण पुष्टि हुँदा लुम्बिनी प्रादेशिक अस्पताल प्रयोगशाला बुटवलमा कपिलवस्तुका १० र रुपन्देहीमा ३ जनामा संक्रमण पुष्टि भएको छ।

सुर्खेत अस्पताल प्रयोगशालामा दैलेख र सुर्खेतका १/१ जना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्ला र मुगुका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

डडेलधुरा अस्पताल प्रयोगशालामा बैतडीका १ र डोटीका २ जनामा संक्रमण पुष्टि भएको छ।

सेती अस्पताल अछामका ७ बझाङका ३, कैलाली २१ र ककञ्चानपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया