Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २८ साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

४१ जिल्लाका ३६० जनामा कोभिड-१९ को संक्रमण पुष्टि, काठमाडौंमा मात्र भेटिए ७६ जना संक्रमित

४१ जिल्लाका ३६० जनामा कोभिड-१९ को संक्रमण पुष्टि, काठमाडौंमा मात्र भेटिए ७६ जना संक्रमित

 पछिल्लो २४ घण्टामा ४१ जिल्लामा कोभिड-१९ का संक्रमित फेला परेका छन्। देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६२२ जनाको नमुना परीक्षणका क्रममा ३६० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमितहरुको संख्या २१ हजार ७५० पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ६५ पुगेको छ

त्यस्तै, थप २३३ संक्रमित डिस्चार्ज भएका छन्। संक्रमण पुष्टि भएकामध्ये हालसम्म १५ हजार ३८९ जना संक्रमित निको भइसकेका छन्।

कुन जिल्लामा कति संक्रमित?

पछिल्लो २४ घण्टामा पुष्टि भएकामध्ये सबैभन्दा बढी काठमाडौंमा छन्। काठमाडौंका ७६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ। त्यस्तै, पर्साका ४२ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, कपिलवस्तुका ३२ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका ८, मोरङका १ र सुनसरीका १५ जना तथा कोशी अस्पताल प्रयोगशालामा इलामका १५ र मोरङका १३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, प्रादेशिक प्रयोगशला विराटनगरमा भएको परीक्षणमा मोरङका १० र सुनसरीका ४ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा धनुषाका २३, महोत्तरी, सर्लाही र सिरहाका १/१ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए।

नारायणी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा महोत्तरी र रौतहटका १/१ तथा पर्साका ४१ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाजुराका ३, गोरखाका ४, काठमाडौंका २५, कपिलवस्तुका २१ र सर्लाही ७ जनामा संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालामा भक्तपुरका १, भोजपुरका २, दोलखाका १, काभ्रेका १, काठमाडौंका १५ र ललितपुरका १ तथा भरतपुर अस्पताल प्रयोगशालामा चितवनका १ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय किटजन्य रोग अन्वेषण प्रयोगशाला हेटौंडामा बाराका १३, मकवानपुरका ४ तथा रौतहट, काठमाडौं, रुपन्देही र सर्लाहीका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

वीर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका ३ तथा धनुषा, महोत्तरी, नुवाकोट, रामेछाप र सिरहाका १/१ जनामा संक्रमण पुष्टि भएको छ। त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा बारा, गुल्मी, कञ्चनपुर, उदयपुर र काभ्रेका १/१ जना तथा काठमाडौंका ५ जनामा संक्रमण पुष्टि भएको छ। केन्द्रीय प्रहरी अस्पताल प्रयोगशाला काठमाडौंमा काठमाडौंकै १३ जनामा संक्रमण पुष्टि भएको छ।

स्टार अस्पताल प्रयोगशालामा काठमाडौंका ४ तथा ललितपुर र पर्साका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

विध ल्याबमा ललितपुरका ६ तथा ह्याम्स अस्पताल प्रयोगशालामा ललितपुरकै १ र काठमाडौंका ९ जनामा संक्रमण पुष्टि भएको छ।

नेपाल कोरिया मैत्री अस्पताल प्रयोगशालामा दाङका १ तथा वीरेन्द्र सैनिक अस्पताल प्रयोगशालामा काभ्रे र काठमाडौंका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

क्षेयरोग उपचार केन्द्र प्रयोगशाला पोखरामा भएको परीक्षणमा गोरखाका २ तथा कास्की र पर्वतका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका १, प्युठानका ५ र दाङका २ जनामा संक्रमण पुष्टि हुँदा लुम्बिनी प्रादेशिक अस्पताल प्रयोगशाला बुटवलमा कपिलवस्तुका १० र रुपन्देहीमा ३ जनामा संक्रमण पुष्टि भएको छ।

सुर्खेत अस्पताल प्रयोगशालामा दैलेख र सुर्खेतका १/१ जना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्ला र मुगुका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

डडेलधुरा अस्पताल प्रयोगशालामा बैतडीका १ र डोटीका २ जनामा संक्रमण पुष्टि भएको छ।

सेती अस्पताल अछामका ७ बझाङका ३, कैलाली २१ र ककञ्चानपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया