Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

मनसुन सक्रिय : बाढी पहिरोको जोखिम, धेरैजसो ठाउँमा राति ठूलो पानी पर्ने

मनसुन सक्रिय : बाढी पहिरोको जोखिम, धेरैजसो ठाउँमा राति ठूलो पानी पर्ने

काठमाण्डाै – आज शुक्रवार देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । गएको जेठ अन्तिमदेखि मध्य र पूर्वी क्षेत्रमा मात्रै लगातार पानी पर्ने गरेकोमा आज सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी क्षेत्रमा पनि मनसुन अनुकूल वातावरण बनेको छ । दिउँसोसम्ममा पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्ने अनुमान छ ।

आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो र अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । राति भने धेरै ठाउँमा पानी पर्ने अनुमान छ । राति कोशी, मधेस, बाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै तथा लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार मनसुन सक्रिय भएको छ । धेरै ठाउँमा मध्यम र केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको छ । भिरालो जमिन तथा खोला, नदी आसपासमा रहेकाहरूलाई उच्च सतर्कता अपनाउन मौसमविद्को अनुरोध छ । खासगरी रातको समयमा विशेष ख्याल गर्न मौसमविद्को आग्रह छ ।

प्रतिक्रिया