Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०१ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

डडेल्धुरामा चिकित्सकको पुर्जा विना औषधि बिक्री हुँदै

डडेल्धुरामा चिकित्सकको पुर्जा विना औषधि बिक्री हुँदै

डडेलधुराः  डडेलधुरामा चिकित्सकको पुर्जा विना औषधि बिक्री हुँदै आएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय, डडेलधुराले गरेको अनुगमनमा सो कुरा पाइएको हो। जिल्ला प्रशासनका प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाको नेतृत्वमा डडेलधुरा अस्पताल, स्वास्थ्य कार्यालयलगायतको टोलीले अनुगमन गर्दा चिकित्सकको पुर्जा विना औषधि धमाधम बिक्री हुँदै आएको पाइएको हो। 

ओझाले भने, ‘डाक्टरको प्रेसव्रिmप्सन लिएर मात्रै बिक्री गर्नुपर्ने औषधि बिक्री हुँदै आएको पाइएको छ। यसरी औषधि बिक्री वितरण गरेको पाइएमा नियम अनुसार कडा कारबाही गर्ने चेतावनी दिएका छौँ।’

जिल्लाका मेडिकल तथा फर्मेसीबाट फार्मेसी नपढेकाले नै औषधि बेचिरहेको समेत पाइएको छ। फार्मेसी सञ्चालनको अनुमति अर्के व्याक्तिको नाममा रहेकासमेत सञ्चालनमा रहेको पाइएको हो। ‘मानव स्वास्थ्यसँग खेलवाड गर्नु गलत रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख केशर साउँदले बताए। उनले स्थानीय तहको प्रत्यक्ष निगरानी हुने गरी औषधि पसल सञ्चालन गर्ने अनुमति दिनुपर्ने बताए।

प्रतिक्रिया

ट्रेन्डिङ