ताजा अपडेट
अछाममा संक्रमितको संख्या ७ सय ११ पुग्यो , कुन तहमा कति? (पुरा विवरण सहित )
धिरज कुँवर ,साउन २९ ,अछाम
बिहीबार अछाममा २ जनामा कोरोना भाइरस ( कोभीड-१९ )को संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका सुचना अधिकारी देव जोशीका अनुसार जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । साँफेबगर नगरपालिका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै अछाममा मात्रै ७ सय ११ जनामा संक्रमण देखिएको छ ।
सबैभन्दा धेरै साँफेबगर नगरपालिकामा १६३ ,रामारोशन गाउँपालिकामा १२०,मेल्लेख गाउँपालिकामा ११७ , मंगलसेन नगरपालिकामा ७६ ,बान्नीगढी जयगढ गाउँपालिकामा ५४, पन्चदेवल विनायक नगरपालिकामा ५०, चौरपाटी गाउँपालिकामा ५४ ,ढकारी गाउँपालिका २९ र सबैभन्दा कम कमलबजार नगरपालिकामा २५ जना रहेका छ्न। जसमा ५७२ पुरुष र १३९ रहेका छन् ।
यी मध्य ६५९ जना निको भएर घर गएका छन भने अहिले ५२ जना संक्रमीत आइसोलेशनमा छन् ।
संक्रमित हुनेमा युवा धेरै
संक्रमित हुनेमा सबैभन्दा धेरै युवाहरु रहेका छ्न । १५ देखि २५ बर्षका २५१ जना, २५ देखि ३५ सम्मका २२४ , ३५ देखि ४५ उमेर समूहका ९१ ,४५ देखि ५५ उमेरका ४० जना रहेका छन् । त्यसैगरी ५५ देखि ६५ उमेरका १७ र ६५ बर्षभन्दा माथिका ७ जना रहेका छन । त्यस्तै १० देखि १५ बर्षसम्मका १५ जना , ५ देखि १० बर्षसम्मका २८ जना र ५ बर्ष मुनीका ३८ जना बालबालिका रहेका छन ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया