ताजा अपडेट
बैतडीमा गर्भपतन गराउनेको संख्या बढ्यो
बैतडी। बैतडीमा पछिल्लो समयमा गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । अनिच्छित गर्भ बसेपछि पतन गराउनेको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।
जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा उपलब्ध भएपछि सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको बताइएको छ । यद्यपि अनिच्छत गर्भधारण रोक्न नसक्दा गर्भपतन गराउनेको संख्या बढ्दै गएको हो ।
स्वास्थ्य संस्थाहरुमा सुरक्षित रुपमा गर्भपतन गराउनेहरुको तथ्यांक भएपनि अवैध रुपमा गर्भपतन गराउनेको संख्या पनि धेरै हुन सक्ने अनुमान गरिएको छ । आफूखुसी औषधिको सेवन गरेर गर्भपतन गराउने परीपाटी रहेकाले यसको स्वास्थ्यमा जोखिम बढाउँदै लैजाने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
आर्थिक बर्ष २०७७/७८ मा बैतडीमा ५६५ जनाले सुरक्षित गर्भपतन गराएका थिए भने आर्थिक बर्ष ७८/७९ मा ५५० जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै गत आर्थिक बर्षमा यो संख्या बढेर सुरक्षित गर्भपतन गराउनेको संख्या ६१४ पुगेको स्वास्थ्य प्रमुख भट्टले बताए । यसमा १३ जना २० बर्षमूनिका रहेका छन्
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया