Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा ‘लम्पी स्किन’बाट २५ हजार गाईवस्तु मरे, किसानलाई अर्बौको क्षति

सुदूरपश्चिममा ‘लम्पी स्किन’बाट २५ हजार गाईवस्तु मरे, किसानलाई अर्बौको क्षति

पशुमा लागेको ‘लम्पी स्किन’ रोगका कारण सुदूरपश्चिम प्रदेशका किसानले अर्बौ रुपैयाँ बराबरको क्षति बेहोरेका छन्। दुहुने भैँसी तथा गाईवस्तु लम्पी स्किन रोगले मर्न थालेपछि किसानको दैनिक आम्दानी नै बन्द भएको छ। सुदूरपश्चिम प्रदेशमा ३ लाख १० हजार पशु चौपाया सङ्क्रमित भएका छन्।

पशु चौपायाको मृत्युबाट सुदूरपश्चिमका किसानले ठूलो क्षति बेहोरेका छन्। यो रोगबाट करिब २५ हजार गाईवस्तु मरेपछि किसानलाई ठूलो नोक्सानी पुगेको छ। लाखौँको संख्यामा पशुहरु संक्रमित भएपछि दैनिक दूध उत्पादनमा कमी आएको छ। रोग नियन्त्रणको प्रयास भइरहेको पशुपन्छी विकास निर्देशनालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले रोग नियन्त्रणका लागि पशु चौपायालाई लगाउने खोपका लागि संघीय सरकारसँग समन्वय गरेर पीडित किसानलाई राहत र सहुलियतका कार्यक्रम ल्याउने जनाएको छ।

खोप लगाउन मात्र कैलालीमा दुई लाख डोज आवश्यक पर्ने देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर हेमराज अवस्थीले बताए। उनका अनुसार पहिलो चरणमा तीन सय, दोस्रो चरणमा दुई सय र अहिले दुई सय ८५ प्रति खोप खरिद मुल्य पर्ने गरेको छ। कैलालमिा मात्र दुई लाख खोपको डोज आवश्यक पर्ने देखिएको उनले बताए। यसका लागि चार करोड बजेट आवश्यक पर्ने देखिएको छ।

बाँकी ८ जिल्लामा पनि १६ लाख खोपको डोज खरिद गर्न ३२ करोड आवश्यक पर्ने देखिएको छ। लम्पी स्किन रोग लागेका गाई÷भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्ने लगायत लक्षण देखा पर्ने गरेको पशुरोग चिकित्सकले बताएका छन्।

खोपबाट संक्रमण रोक्न सकिने भए पनि सुदूरपश्चिममा पर्याप्त खोप नभएको पशुचिकित्सको गुनासो छ। साथै लम्पी स्किनको उपचार थाहा नभएर पनि चौपाया मरेको डाक्टर अवस्थीले बताए। ‘चौपायालाई लम्पी स्किन हुँदा ज्वरो आउँछ। यसरी ज्वरो आउँदा सिटामोल खुवानुपर्थ्यो,’ उनले भने, ‘सही उपचार र संक्रमण फैलिनु अगावै खोप दिन नसक्दा पहाडी जिल्लामा धेरै पशु मरेका छन्।’

प्रतिक्रिया