ताजा अपडेट
दार्चुलामा एक पुरुषमा कालाजार देखियाे

दार्चुला – दार्चुलामा एक पुरुषमा कालाजार देखिएको छ । आइतवार उपचारका लागि आएका शैल्यशिखर नगरपालिका–९ नायलका ५० वर्षीय पुरुषमा कालाजार देखिएको गाेकुलेश्वर अस्पतालका मेडिकल अधिकृत डाक्टर मियाज अन्सारीले जानकारी दिनुभयाे । कालाजार देखिएका पुरुषलाई थप उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा पठाएको उहाँले बताउनुभयो ।
जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी राजेश भट्टका गएकाे फागुनमा पनि ती पुरुषलाई कालाजार देखिएकाे थियाे । त्यसपछि उपचारका लागि धनगढी पठाएपछि निकाे भएकामा अहिले फेरि कालाजार देखिएकाे सूचना अधिकारी भट्टले बताउनुभयाे ।
ती पुरुषलाई थप उपचारका लागि भाेलि साेमवारसम्म सुविधा सम्पन्न अस्पतालमा पठाउने तयारी भएकाे उहाँले जानकारी दिनुभयाे । कालाजार 'स्यान्ड फ्लाई' नामको भुसुनाको टोकाइका कारण लाग्ने गर्दछ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै
-
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान
-
खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
प्रतिक्रिया