ताजा अपडेट
दार्चुलामा एक पुरुषमा कालाजार देखियाे
दार्चुला – दार्चुलामा एक पुरुषमा कालाजार देखिएको छ । आइतवार उपचारका लागि आएका शैल्यशिखर नगरपालिका–९ नायलका ५० वर्षीय पुरुषमा कालाजार देखिएको गाेकुलेश्वर अस्पतालका मेडिकल अधिकृत डाक्टर मियाज अन्सारीले जानकारी दिनुभयाे । कालाजार देखिएका पुरुषलाई थप उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा पठाएको उहाँले बताउनुभयो ।
जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी राजेश भट्टका गएकाे फागुनमा पनि ती पुरुषलाई कालाजार देखिएकाे थियाे । त्यसपछि उपचारका लागि धनगढी पठाएपछि निकाे भएकामा अहिले फेरि कालाजार देखिएकाे सूचना अधिकारी भट्टले बताउनुभयाे ।
ती पुरुषलाई थप उपचारका लागि भाेलि साेमवारसम्म सुविधा सम्पन्न अस्पतालमा पठाउने तयारी भएकाे उहाँले जानकारी दिनुभयाे । कालाजार 'स्यान्ड फ्लाई' नामको भुसुनाको टोकाइका कारण लाग्ने गर्दछ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया